समाज


कारागारबाट भागेका कैदीबन्दीलाई सम्पर्कमा आउन प्रहरीको अपील

कारागारबाट भागेका कैदीबन्दीलाई सम्पर्कमा आउन प्रहरीको अपील

नेपालखबर
भदौ २६, २०८२ बिहिबार १६:६, काठमाडौँ

नेपाल प्रहरीले विभिन्न कारागारबाट भागेका कैदीबन्दीहरूलाई यथासिघ्र सम्पर्कमा आउन आग्रह गरेको छ। 

बिहीबार सूचना प्रकाशित गरी प्रहरी प्रधान कार्यालयले ‘अभियुक्त र कैदी बन्दीहरूलाई सम्बन्धित जिल्लाको जिल्ला प्रहरी कार्यालय, स्थानीय प्रहरी इकाईहरू वा अन्य सुरक्षा निकायको स्थानीय कार्यालयहरूमा’ सम्पर्क गर्न आग्रह गरेको हो।

भदौ २३ र २४ गतेको जेनजी प्रदर्शनपछि देशभरका विभिन्न कारागारबाट कैदीबनदीहरू भागेका छन्। उनीहरूमध्ये कैयौँलाई सुरक्षाकर्मीले पुनः नियन्त्रणमा लिएको छ भने केही आफैं कारागार फर्किएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad