सिन्धुली कारागारबाट भागेका मध्ये १६० जना कैदीबन्दी नियन्त्रणमा आएका छन्।
नेपाली सेनासहितको सुरक्षाफौजले उनीहरूलाई विभिन्न ठाउँबाट नियन्त्रणमा लिएको हो।
अहिलेसम्म १६० जना नियन्त्रणमा लिएको र थप पक्राउ पर्ने क्रम जारी रहेको सेनाले जनाएको छ।
सिन्धुली कारागारबाट आज चार सय ७१ जना कैदीबन्दी भागेका थिए।
कारागारबाट चारसय २८जना पुरुष ४३ जना महिला भागेका कारागार प्रशासनले जनाएको छ।
ललितपुरको नक्खु कारागारबाट रवि लामिछानेसहित सबै कैदी बाहिर निस्किएको थाहा पाएपछि देशका विभिन्न ठाउँमा रहेका कारागारबाट पनि कैदीबन्दी भागेका छन्।

प्रतिक्रिया