आगजनी र तोडफोड गरेर डिल्लीबजार कारागारबाट भागेका सबै केदीहरुलाई नेपाली सेनाले नियन्त्रणमा लिएको छ।
उनीहरुमध्ये आधाजसोलाई सुन्धारा कारागारमा सारिनलागेको छ। झोला बोकेर हूलका हूल भागेका कैदीलाई डिल्लीबजारमै ल्याएपछि सेनाले प्रहरीको गाडीबाट सुन्धारा लैजानलागेको हो।
करिब ६०–७० जना कैदी भने सडकमै प्रहरीविरुद्ध नाराबाजी गरिरहेका छन्। उनीहरुले सेनाको आदेश मान्ने भन्दै प्रहरीविरुद्ध नाराबाजी गरी कारागार छिर्न मानेका छैनन्।
डिल्लीबजार कारागारमा करिब ७ सय जति कैदी थिए। उनीहरुमध्ये आधाजसो भागेका थिए।

यो पनि–
सेनाले फर्कायो डिल्लीबजार कारागारबाट भागेका कैदी (तस्बिरहरू)
डिल्लीबजार कारागार पुग्यो सेनाको बख्तरबन्द गाडी, सय कैदी सडकमै ‘होल्ड’
डिल्लीबजार कारागारबाहिर निस्केका कैदी सेनाको घेराबन्दीमा
6
Shares

प्रतिक्रिया