समाज


बालाजु बाइसधारा प्रहरी चौकीमा आगजनी

बालाजु बाइसधारा प्रहरी चौकीमा आगजनी

नेपालखबर
भदौ २४, २०८२ मंगलबार १२:२२, काठमाडौँ

काठमाडौंको बालाजुमा रहेको प्रहरी चौकीमा प्रदर्शनकारीले आगजनी गरेका छन्। 

बिहानैदेखि प्रदर्शनमा उत्रिएका प्रदर्शनकारीले बाईसधारा नजिकै रहेको प्रहरी चौकीमा आगजनी गरेको प्रत्यक्षदर्शीले बताएका छन्। 

यसअघि वनस्थली प्रहरी चौकीमा पनि प्रदर्शनकारीले आगजनी गरेका थिए। त्यसैगरी केही समयअघि मात्रै बोहोराटारमा रहेको राष्ट्रपति रामचन्द्र पौडेलको घरमा आगजनी भएको थियो। 

सोमबार जेनजीले गरेको प्रदर्शनमा सरकारले चरम दमन गरेपछि मंगलबार बिहानैदेखि नेताहरुको घरलाई प्रदर्शनकारीले निशाना बनाएका हुन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad