ad ad

समाज


चितवनबाट साइकलमा लमजुङ पुगेका किशोर क्वारेन्टाइनबाट भागे

चितवनबाट साइकलमा लमजुङ पुगेका किशोर क्वारेन्टाइनबाट भागे

नेपालखबर
बैशाख ८, २०७७ सोमबार ३:३२,

जमजुङको बेँसीशहर नगरपालिका-७ सहजीमा रहेको क्वारेन्टाइनबाट एक किशोर भागेका छन्।

चितवनबाट साइकलमा लमजुङ आइपुगेका १८ वर्षीय पूर्णबहादुर मिजार क्वारेन्टाइनबाट भागेका प्रहरीले जनाएको छ।

कोरोना भाइरस संक्रमण रोक्न लागु गरिएको लकडाउनका बेला चितवनबाट लमजुङ आइपुगेका मिजारलाई आइतबार क्वारेन्टाइनमा राखिएको थियो।

क्वारेन्टाइनबाट सोही दिन उनी भागेपछि नगर प्रहरीले खोजी तीव्र बनाएको छ।

घरमा आमा र बहिनी बिरामी हुनुहुन्छ भन्दै चितवनबाट साइकलमा बेँसीशहर आइपुगेका सोही नगरपालिका ६ पुमागाउँका १८ वर्षीय मिजार क्वारेन्टाइनबाट सम्पर्कविहीन भएपछि खोजि तीब्र पारिएको नगर प्रमुख गुमानसिंह अर्यालले बताए।

बाहिरी जिल्लाबाट आएकाले उनलाई क्वारेन्टाइनमा राखिएको थियो। उनी क्वारेन्टाइनबाट भागेपछि घरमै प्रहरी पुगेको थियो। घरमा प्रहरी पुगेपछि उनी जंगलतिर भागेका अर्यालले बताए।

हाल सहजीमा रहेको क्वारेन्टाइनमा नौ जना छन्। त्यहाँ सशस्त्र र नेपाल प्रहरीका दुईदुई प्रहरी सुरक्षामा खटिएका छन्। उनीहरुको आँखा छलेर ती युवक फरार भएका हुन्।

उनकी आमा र बहिनीको हात भाँचिएको वडाध्यक्ष भोजबहादुर रिमालले बताए।

मिजार क्वारेन्टाइनबाट भागेपछि घर पुगेर लुगा फेरी फरार भएका प्रहरीले जनाएको छ। घरको परिवारले कपडा छोएकाले तीसमेत क्वारेन्टाइनमा बस्नका लागि तयार रहेका वडाध्यक्ष रिमालको भनाइ छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .