ad ad

समाज


ट्राफिक प्रहरीले एक्बुलेन्स चालकलाई कानको जाली फुट्ने गरी कुटे, दोषीमाथि कारबाही माग गर्दै प्रहरीमा निवेदन

ट्राफिक प्रहरीले एक्बुलेन्स चालकलाई कानको जाली फुट्ने गरी कुटे, दोषीमाथि कारबाही माग गर्दै प्रहरीमा निवेदन

शैलेन्द्र महतो
बैशाख ८, २०७७ सोमबार २:५०,

ट्राफिक प्रहरीले कुटपिट गर्दा धनुषामा एकजना एम्बुलेन्स चालकको कानको जाली फुटेको छ।

धनुषाको गणेशमान चारनाथ नगरपालिका ५ गोदार स्वास्थ्यचौकीको ज १ ज ३८७ नम्बरको एम्बुलेन्सका चालक स्थानीय २३ वर्षीय कृष्ण मण्डलको कानको जाली ट्राफिक प्रहरीको कुटपिटबाट फुटेको हो।

गएको वैशाख २ गते दिउँसो साढे १२ बजे जनकपुरको मुजेलिया ट्राफिक प्रहरी बिटमा कार्यरत्त प्रहरी जवान श्रवण रोय राजपुतले एम्बुलेन्स तीब्र गतिमा चलाएको निहुँमा चालक मण्डलाई कनचटमा २÷३ झापड हिर्काएका थिए।

झापड हिर्काएकै बेलादेखि उनको कान दुख्न र सुनिन थालेको थियो। मुख र नाकबाट रगतसमेत आएपछि चालक मण्डलले घटनाको भोली पल्ट धनुषाको रमदैया स्थित जानकी मेडिकल कलेज शिक्षण अस्पतालमा चेकजाँच गराएका थिए।

चेकजाँचका क्रममा कानको जालीमा चोटको कारण प्लाल परेको रिपोर्ट आएको र त्यसै कारण नाक र मुखबाट रागत समेत आएको चिकित्सकले बताएका चालक मण्डलले बताए।

‘कानको जाली फुटेको छ भन्दै डाक्टरले औषधि दिए। त्यही खाँदै छु। तर पनि निको भएको छैन। प्रहरीले जुनबेला कनचटमा हिर्कायो त्यतिबेलदैखि बायाँ कान कम सुन्न थालेको छु। कान दुख्ने गरेको छ,’ चालक मण्डलले नेपाखबरसँग दुखेसो पोख्दै भने।

गएको वैशाख २ गते जुडशितलको दिन जनकपुरको एक अस्पतालमा उपचारार्थ गोदारकै एक बिरामीका कुरुवाले डिस्चार्ज हुने भन्दै मण्डललाई फोन गरेर बोलाएपछि उनी एम्बुलेन्स लिएर जनकपुर जाँदै गर्दा घटना भएको हो।

मण्डलका अनुसार दिउँसो साढे १२ बजे अस्पताल जाँदै गर्दा ट्राफिक प्रहरी बिट मुजेलियाका ट्राफिक प्रहरी जवान रोयले एम्बुलेन्स रोके। बिलबुक र लाइसेन्स मागे। गाडी किन स्पिड चलाएको भन्दै गाली गरे। मण्डलले गाडी कहाँ स्पिड चलाएको छु र सर? भन्ने प्रश्न गर्दा बढ्ता बोल्छस् ? साँचो ले, तलाई पनि थुन्छु भन्दै उनलाई ट्राफि बिटमा लगियो।

‘ट्राफिक प्रहरी जवानले भित्र लगेर मोरो बायाँ कन्चटमा तीन झापट जोडले हिर्काए। त्यतिबेलैदेखि मेरो बाँया कान सुनिन छाड्यो। मेरो मोवाइल पनि खोसियो। कसैलाई फोन गर्न मोबाइल पनि थिएन,’ उनले भने, ‘एकछिनमा मलाई छोडियो। तर, कुटाइको चोटले कान दुःख्न थाल्यो। जचाउँदा कानको जाली फुटेको रिपोर्ट आयो।’

चालक मण्डलले आफ्नो पीडा सुनाउँदै भने, ‘आखिर मैले के गल्ती गरेको थिएँ की प्रहरीले मेरो कानको जाली फुटाइदियोश्र मैले गाडी स्पिड पनि चलाएको थिइँन। बिलबुक र लाइसेन्स दुबै थिय । मेरो गल्ती नै भएको भए कानुनी कारबाही गर्न मिल्छ नि। म माथि किन कुटपिट भयो? दोषी प्रहरीमाथि कारबाही हुनुपर्छ।’

चालक मण्डलले जिल्ला ट्राफिक प्रहरी कार्यालय धनुषा जिरोमाइमा कानको जाली फुटाउने ट्राफिक प्रहरी जवान विरुद्ध निवेदन दिएका छन्।

यता धनुषाका ट्राफिक प्रहरी प्रमुख पर्शुराम बस्नेतले ट्राफिक प्रहरी जवानले गाडी अत्यधिक गतिमा कुदाएको, बिलबुक र लाइसेन्स नबेकोको, रोक्न भन्दा पनि अगाडी गएर मात्र रोकेकाले ट्राफिक प्रहरी जवानले उनीमाथि कुटपिट गरेको आफुले जानकारी पाएको बताए।

उनले कुटपिट गर्ने ट्राफिक प्रहरी जवानमाथि कारबाही प्रक्रिया अघि बढाएको जानकारी दिए।

‘चालकले ट्राफिक नियम उलंघन नै गरेका छन् भने पनि ट्राफिक प्रहरीले कसैलाई कुट्न मिल्दैन। नियम बमोजिम कारबाही गर्नुपर्छ। कुटेको विषयमा यस कार्यायलायमा निवेदन परेको छ। ती ट्राफिक जवानमाथि कारबाही प्रक्रिाय अघि बढाएको छौं,’ ट्राफिक प्रहरी प्रमुख बस्नेतले नेपालखबरसँग भने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .