समाज


राशिफल २४ भदौ : मेषलाई मानसिक तनाव, वृषको मान बढ्ने, तपाईँको भाग्य कस्तो?

राशिफल २४ भदौ : मेषलाई मानसिक तनाव, वृषको मान बढ्ने, तपाईँको भाग्य कस्तो?

ज्यो. मेनुका दाहाल
भदौ २४, २०८२ मंगलबार ४:३९, काठमाडौँ

आज मङ्‌गलबार, २४ भदौ २०८२ (९ सेप्टेम्बर २०२५)। हेर्नुस् आजको राशिफल-

मेष: आर्थिक समस्याले मानसिक तनावको सिर्जना हुनेछ। समयमा होस् नपुग्नाले काम रोकिन सक्छ। कसैले झुटो आश्वासन दिन सक्छन्। शरीरमा स्फूर्ति र उमङ्गको कमी हुनेछ। अरूका विषयमा चासो लिँदा व्यर्थैमा झमेला बेहोर्नु पर्ला।

भाग्यशाली रङ रातो र अङ्क २ रहेको छ। प्रेम र सम्बन्धमा ६०, व्यापारमा ४७, सेयर बजारमा ४४, वैदेशिक कार्यमा ५२ र शिक्षामा ४१ प्रतिशत सफलता मिल्नेछ।

स्वास्थ्य अनुकूलता ६८, यात्राको योग ३९ र सम्पूर्ण भाग्याङ्क ४५ प्रतिशत रहेको छ। भगवान्‌ शंकरजीको दर्शन गरी कार्य प्रारम्भ गर्ने। कालो रङको प्रयोग नगर्ने।

वृष: लगानीमा रहेको रकम फिर्ता आउन सक्छ। सामाजिक सेवा गर्ने अवसरले मानप्रतिष्ठा बढाउनेछ। पर्यटकीय स्थलको भ्रमणले मन लोभ्याउनेछ। शुभकार्यको चर्चा चल्नेछ। आफ्नो इगो घटाएर संवाद बढाउनुहोस्, प्रेम सम्बन्धमा मिठास आउनेछ।

भाग्यशाली रङ खैरो र अङ्क ४ रहेको छ। प्रेम र सम्बन्धमा ५१, व्यापारमा ६९, सेयर बजारमा ५८, वैदेशिक कार्यमा ५७ र शिक्षामा ६१ प्रतिशत सफलता मिल्नेछ।

स्वास्थ्य अनुकूलता ७२, यात्राको योग ५० र सम्पूर्ण भाग्याङ्क ६१ प्रतिशत रहेको छ। घरबाट निस्कँदा दही खाने। सेतो रङको प्रयोग नगर्ने।

मिथुन: आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ। महिला वा मित्रबाट विशेष सहयोग मिल्ला। नयाँ कामका विभिन्न अवसर फेला पर्नेछन्। परिवारका सदस्यहरूसँग भेटघाट हुनेछ। अध्ययनमा रुचि जाग्नुका साथै यात्राका योग पनि देखिन्छन्।

\भाग्यशाली रङ गुलाबी र अङ्क ८ रहेको छ। प्रेम र सम्बन्धमा ५९, व्यापारमा ७१, सेयर बजारमा ७३, वैदेशिक कार्यमा ५९ र शिक्षामा ६९ प्रतिशत सफलता मिल्नेछ।

स्वास्थ्य अनुकूलता ७७, यात्राको योग ५६ र सम्पूर्ण भाग्याङ्क ६७ प्रतिशत रहेको छ। पितृ देवताको आशीर्वाद लिने। सजिलै अरूको विश्वास नगर्ने।

कर्कट: आम्दानी बढाउने काम सुरु गर्न सकिनेछ। विलासी वस्तुको प्रयोग गर्न पाइनेछ। माया प्रेममा आत्मीयताको बढोत्तरी हुनेछ। लगनशीलताले कामहरू अगाडि बढ्नेछन्। व्यवसायका लागि यात्राको सम्भावना पनि छ।

भाग्यशाली रङ रातो र अङ्क ९ रहेको छ। प्रेम र सम्बन्धमा ६४, व्यापारमा ७८, सेयर बजारमा ५७, वैदेशिक कार्यमा ७१ र शिक्षामा ४३ प्रतिशत सफलता मिल्नेछ।

स्वास्थ्य अनुकूलता ५७, यात्राको योग ६५ र सम्पूर्ण भाग्याङ्क ७४ प्रतिशत रहेको छ। भोकालाई भोजन दिने। उत्तर दिशा नजाने।

सिंह: आलोचना गर्नेहरूबाट सजग रहनुहोला। माया प्रेममा धोका हुन सक्छ भने एकोहोरो माया प्रेमले सताउनेछ। आर्थिक कारोबारमा मन्दी आउनेछ। मनमा दुबिधा उत्पन्न होला। स्वास्थ्यका लागि व्यायाम तथा आहारविहारमा ध्यान पुर्‍याउनु होला।

भाग्यशाली रङ हरियो र अङ्क १ रहेको छ। प्रेम र सम्बन्धमा ३३, व्यापारमा ३८, सेयर बजारमा ४०, वैदेशिक कार्यमा ७७ र शिक्षामा ५० प्रतिशत सफलता मिल्नेछ।

स्वास्थ्य अनुकूलता ६६, यात्राको योग ४१ र सम्पूर्ण भाग्याङ्क ३७ प्रतिशत रहेको छ। हनुमानजीको दर्शन गर्ने। झुट नबोल्ने।

कन्या: आज काम गर्ने हौसला मिल्नेछ र सफल यात्राको योग छ। शुभकार्यको चर्चा चल्नेछ। माया प्रेममा समीपता बढेर जानेछ। वैदेशिक काममा सफलता मिल्नेछ। आस्था बढेर जानेछ, तर साँझमा पैसा खर्च हुने चोटपटकको भय छ सचेत रहनुहोला।

भाग्यशाली रङ गुलाबी र अङ्क ७ रहेको छ। प्रेम र सम्बन्धमा ५९, व्यापारमा ६८, सेयर बजारमा ७०, वैदेशिक कार्यमा ५१ र शिक्षामा ६८ प्रतिशत सफलता मिल्नेछ।

स्वास्थ्य अनुकूलता ७९, यात्राको योग ५० र सम्पूर्ण भाग्याङ्क ६३ प्रतिशत रहेको छ। प्यासीलाई पानी दिने। खैरो रङको प्रयोग नगर्ने।

तुला: पारिवारिक वातावरण पूर्णरूपेण सन्तोषप्रद नै रहनेछ। मनमा हर्ष, उमङ्ग र उत्साह छाउनेछ। प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ। भौतिक सुविधाका साधन खरिद गर्ने अवसर जुट्नेछ।

भाग्यशाली रङ पर्पल र अङ्क ७ रहेको छ। प्रेम र सम्बन्धमा ५७, व्यापारमा ६३, सेयर बजारमा ७०, वैदेशिक कार्यमा ५८ र शिक्षामा ६४ प्रतिशत सफलता मिल्नेछ।

स्वास्थ्य अनुकूलता ७२, यात्राको योग ५२ र सम्पूर्ण भाग्याङ्क ६० प्रतिशत रहेको छ। वृक्षरोपण गर्ने। भरिसक्के लामो यात्रा नगर्ने।

वृश्चिक: पारिवारिक सदस्यबाट सहयोग मिल्नेछ। पुनर्मिलनको योग पनि रहेको छ। अध्ययन अध्यापन सफल रहनेछ। बुद्धिको उपयोग गर्नाले जटिल ठानिएको कामसमेत सम्पादन हुन सक्छ। प्रेमीले नयाँ स्थानको भ्रमण गर्ने प्रस्ताव राख्न सक्छन्।

भाग्यशाली रङ निलो र अङ्क ६ रहेको छ। प्रेम र सम्बन्धमा ५२, व्यापारमा ६२, सेयर बजारमा ७१, वैदेशिक कार्यमा ५७ र शिक्षामा ६७ प्रतिशत सफलता मिल्नेछ।

स्वास्थ्य अनुकूलता ७१, यात्राको योग ५० र सम्पूर्ण भाग्याङ्क ६६ प्रतिशत रहेको छ। निमुखा प्राणीलाई खानेकुरा दिने। छलकपट नगर्ने।

धनु: भाग्यशक्ति कमजोर हुनाले चिताएको कार्यमा सोचे जस्तो सफलता नमिल्ला। मनमा शंका तथा डरका कारण बनिसकेको काममा दुबिधा उत्पन्न हुन सक्छ। विलासिताका सामग्रीमा खर्च पनि बढ्नेछ।

भाग्यशाली रङ आकासे र अङ्क १ रहेको छ। प्रेम र सम्बन्धमा ४०, व्यापारमा ३६, सेयर बजारमा ४१, वैदेशिक कार्यमा ३८ र शिक्षामा ४५ प्रतिशत सफलता मिल्नेछ।

स्वास्थ्य अनुकूलता ३९, यात्राको योग ४१ र सम्पूर्ण भाग्याङ्क ४० प्रतिशत रहेको छ। गणेशजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। झुट नबोल्ने।

मकर: रमाइलो यात्राको योग रहेको छ। सामाजिक र राजनैतिक चिन्तन बढ्नेछ। एउटै कामबाट दोहोरो लाभ मिल्न सक्छ। सवारी साधन खरिद गर्ने योजना बन्नेछ। छोटो दूरीको यात्रा शुभ, तर ट्राफिकको कारणले ढिलो हुने संकेत छ।

भाग्यशाली रङ निलो र अङ्क १ रहेको छ। प्रेम र सम्बन्धमा ७४, व्यापारमा ५९, सेयर बजारमा ७२, वैदेशिक कार्यमा ५१ र शिक्षामा ६२ प्रतिशत सफलता मिल्नेछ।

स्वास्थ्य अनुकूलता ७५, यात्राको योग ६६ र सम्पूर्ण भाग्याङ्क ७१ प्रतिशत रहेको छ। हनुमानजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। छलकपट नगर्ने।

कुम्भ: सुखसुविधा भोग गर्न पाइनेछ। परोपकारका क्षेत्रमा लगानीको समय छ। रमाइलो यात्राको सम्भावना छ र त्यसबाट दीर्घकालिक फाइदा पुग्नेछ। व्यवसायमा कुनै क्लाइन्ट वा पार्टनरसँग अन्तर्राष्ट्रिय सम्बन्ध बढ्न सक्छ।

भाग्यशाली रङ पहेँलो र अङ्क ७ रहेको छ। प्रेम र सम्बन्धमा ७५, व्यापारमा ७९, सेयर बजारमा ५४, वैदेशिक कार्यमा ५० र शिक्षामा ६४ प्रतिशत सफलता मिल्नेछ।

स्वास्थ्य अनुकूलता ७२, यात्राको योग ५३ र सम्पूर्ण भाग्याङ्क ७१ प्रतिशत रहेको छ। विद्यार्थीलाई सहयोग गर्ने। सजिलै अरूको विश्वास नगर्ने।

मीन: नयाँनयाँ ज्ञान सिक्ने मौका मिल्नेछ। नयाँ व्यक्तिसँग भेटघाट हुने समय छ। जग्गाजमिनको कारोबारबाट राम्रो फाइदा हुनेछ। प्रणयसम्बन्ध प्रगाढ समेत हुने समय छ। रमणीय र सुखद यात्राको योग छ।

भाग्यशाली रङ सेतो र अङ्क १ रहेको छ। प्रेम र सम्बन्धमा ५८, व्यापारमा ६०, सेयर बजारमा ७१, वैदेशिक कार्यमा ५८ र शिक्षामा ४५ प्रतिशत सफलता मिल्नेछ।

स्वास्थ्य अनुकूलता ५१, यात्राको योग ७७ र सम्पूर्ण भाग्याङ्क ६६ प्रतिशत रहेको छ। भगवान्‌ शंकरजीको दर्शन गर्ने। कालो रङको प्रयोग नगर्ने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad