जेनजीले गरेको प्रदर्शन हिंसात्मक भएसँगै ललितपुरका विभिन्न ठाउँमा निषेधाज्ञा घोषणा गरिएको छ।
हुलदंगा, अशान्ति र सार्वजनिक शान्ति सुरक्षामा असर पर्न सक्ने भन्दै ललितपुर जिल्ला प्रशासनले निषेधाज्ञा घोषणा गरेको हो।
भैंसेपाटीस्थित नयाँ मन्त्री निवास क्षेत्र, सानेपास्थित नेपाली कांग्रेसको केन्द्रीय कार्यालय, च्यासलस्थित एमालेको केन्द्रीय कार्यालय, पुल्चोकस्थित न्यायाधीश निवास, मानवअधिकार आयोग निवास लगायतका कार्यालय रहेका क्षेत्रमा निषेधाज्ञा घोषणा गरेको हो।
ती क्षेत्रमा सोमबार साँझ ६ बजेदेखि लागु हुने गरी अर्को सूचना जारी नभएसम्मका लागि निषेधाज्ञा घोषणा गरिएको हो।
अब ती क्षेत्रमा सर्वसाधारण तथा सवारी साधन आवतजावत बाहेक कुनै पनि किसिमको सभा, जुलुस, भेला, धर्ना जस्ता कार्यहरु गर्न निषेध गरिएको छ।


Shares

प्रतिक्रिया