जेनजीको आन्दोलन नियन्त्रण गर्न प्रहरीले चलाएको गोली लागेर बानेश्वर क्षेत्रमा थप दुई पत्रकार घाइते भएका छन्।
प्रहरीले चलाएको रबरको गोली लागेर फोटो पत्रकारद्वय दिपेन्द्र ढुंगाना र उमेश कार्की घाइते भएका हुन्।
नयाँ पत्रिकामा कार्यरत ढुंगाना र नेपाल प्रेसमा कार्यरत कार्कीलाई प्रहरीले चलाएको रबरको गोली लागेको हो।
यसअघि प्रहरीले चलाएको गोली लागेर कान्तिपुर टेलिभिजनका पत्रकार श्याम श्रेष्ठ पनि घाइते भएका थिए।
117
Shares

प्रतिक्रिया