समाज

Tata MotorsTata Motors

वैशाख १५ पछि लकडाउनको स्वरुप परिवर्तन गर्ने तयारी


मणि दाहाल
काठमाडौं, बैशाख ७

सरकारले वैशाख १५ पछि लकडाउनको स्वरुप परिमार्जन गर्ने तयारी सुरु गरेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनाको जोखिमलाई तीन वर्गमा विभाजन गरेर त्यसैअनुसार लकडाउनको स्वरुपमा निर्धारण गर्ने तयारी थालेको हो।

‘यस्तै तरिकाले वैशाख १५ पछि लकडाउन जाँदैन। यसको स्वरुपमा परिवर्तन गर्नेगरी तयारी गरेका छौं,’ स्वस्थ्य मन्त्रालयका विज्ञ सल्लाहकार डा. खेम कार्कीले नेपालखबरसँग भने, ‘अन्य मन्त्रालयले पनि आआफ्नै तरिकाले तयारी गरिरहेका छन्। देशभर अहिलेजस्तै लकडाउन धान्न सक्ने अवस्था छैन।’

सरकारले कोरोना भाइरस संक्रमण रोक्न चैत ११ गतेदेखि देशव्यापी लकडाउन गरेको छ।

कार्कीले बढी संक्रमण देखिएको क्षेत्र (हट स्पट) मा अहिलेको भन्दा कडा लकडाउन गर्ने र बाँकी क्षेत्रमा लकडाउन क्रमशः खुकुलो गर्दै लैजाने योजना रहेको बताए।

जोखिम कम रहेको क्षेत्रमा निजी सवारी साधन, कलकारखाना र खेतीपाती गर्न दिने सरकारको तयारी रहेको कार्कीले बताए।

सार्वजनिक यातायात चल्न नदिने तर मोटरसाइकल, कारलगायत व्यक्तिगत सवारी साधन चल्न दिनुपर्ने स्वास्थ्य मन्त्रालयको प्रस्ताव छ। जसअनुसार मोटरसाइकलमा एक जना मात्रै र कारमा चार जना मात्रै बस्न मिल्ने गरी सञ्चालन गर्न दिइनेछ।

त्यसैगरी, सुरक्षात्मक विधि बनाएर केही औद्योगिक क्षेत्रमा कलकारखाना चल्न दिने तयारी छ। तर, कारखानाले त्यसमा काम गर्ने मजदुरको सुरक्षाको ग्यारेन्टी गर्नुपर्ने छ।

निश्चित भौतिक दूरी कायम राखेर कृषि क्षेत्रको कामकाज पनि अघि बढाउने तयारी छ।

‘यातायात, उद्योग र कृषिका लागि विभिन्न मोडालिटीहरु बनाएर सरकारलाई दिने तयारीमा अहिले मन्त्रालय लागेको छ,’ कार्कीले भने।

स्वास्थ्य मन्त्रालयअन्तर्गतको इपिडिमियोलोजी तथा सरुवा रोग विभागका प्रमुख डा. वासुदेव पाण्डेले संक्रमित नभेटिएका क्षेत्रमा अहिलेको जस्तो कडा लकडाउन आवश्यक नपर्ने बताए।

‘हटस्पटहरुमा कडाइ गर्ने र अन्यत्र खुकुलो गर्दै लैजाने गरी जानु पर्छ,’ पाण्डेले भने, ‘संक्रमितलाई पहिचान गर्ने र ट्रेसिङलाई बढी जोड दिनुपर्छ।’

डा. पाण्डेले लकडाउन खुुकुलो बनाउने विषयमा निर्णय गर्दा नेपालको मात्रै होइन, सीमा जोडिएको भारतको पनि संक्रमणको अवस्था विचार गरिने बताए।

भारतमा हालसम्म १६ हजार १ सय १६ जना संक्रमित देखिएका छन भने ५ सय १९ जनाको मृत्यु भएसकेको छ। मुम्बई र दिल्ली जस्तो ठूलो सहर बढी प्रभावित बनेका छन्।

भारतले पनि तीन श्रेणीमा विभाजन गरेर लकडाउनलाई खुकुलो बनाउने नीति लिएको छ। जसमा ग्रामीण क्षेत्रमा रहेको उद्योगहरुलाई चल्न दिनेसहितका विषय सामेल छन्।

बैशाख ७, २०७७, आइतबार

मणि दाहाल नेपालखबर विशेष संवाददाता हुन्
लेखकबाट थप

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 4240505 / 4241389
Admin: info@nepalkhabar.com
News: news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क

+977 9851081116
advertising@nepalkhabar.com

जीवन बस्नेत
अप्रेसन म्यानेजर
सुरेन्द्र रिजाल
निर्देशक, अटो संस्करण
सविन पोखरेल
लेखा प्रमुख
ललिता तामाङ
कार्यालय सहयोगी

नेपालखबर टीम


वरिष्ठ संवाददाता
दीपक भट्ट
उजिर कार्की
यज्ञराज जोशी

संवाददाता
लक्ष्मी जि.सी
सविन राई
बसन्त अर्याल

मल्टिमिडिया
सन्जिव योन्जन
सुजन श्रेष्ठ

प्रदेश प्रतिनिधि
वाशुदेव मिश्र (पोखरा)
शैलेन्द्र महतो (जनकपुर)
प्रकाश न्यौपाने (भैरहवा)
गोकुल जोशी (कञ्चनपुर)

ग्लोवल
सन्जय घिमिरे (टेक्सास)
प्रजय शुक्ल(लण्डन)
मगेन्द्र राई (हङकङ)
शैलेन्द्र समदर्शी (सिक्किम)

विशेष संवाददाता
मणि दाहाल
सागर न्यौपाने

उप–सम्पादक
खगेन्द्र गिरी
शैलज पौडेल
नवराज रेग्मी
रूपबहादुर विश्वकर्मा
विद्यानाथ अधिकारी

समाचार संयोजक
प्रशान्त लामिछाने

कार्यकारी सम्पादक
थिरलाल भुसाल

प्रधान सम्पादक
पूर्ण बस्नेत
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Website by Curves n' Colors