उत्तरी राज्य उत्तर प्रदेशमा भएको बस दुर्घटनामा परी २९ जनाको मृत्यु भएको छ भने अन्य १८ यात्रु घाइते भएको भारतीय संचारमाध्यमले जनाएका छन्।
भारतीय राजधानी नयाँ दिल्लीबाट उत्तर प्रदेशको राजधानी शहर लखनउ जान लागेको सो बस खोँचमा खसेको थियो।
सडकमा गुडिरहेको बस सडकबाट कम्तीमा ५० फिट तल खसेको जनाइएको छ।
यस दुर्घटनामा परी घाइते भएकाहरुको उद्धारको काम निकै कठिन भएको अधिकारीहरुले जनाएका छन् ।
सोमबार बिहान आग्रा पुगेपछि सो बस खोँचका खसेर दुर्घटनाग्रस्त भएको थियो। प्रहरीले उद्धारको काम कठिन भएको बताएको छ।
आग्रा जिल्लाका म्याजिस्ट्रेट एन जी रवि कुमारले सो बस दुर्घटनाको पुष्टि गरेका छन्। केहीको अवस्था गम्भीर भएको समेत जनाइएको छ।

प्रतिक्रिया