समाज


स्कुल बसको ठक्करबाट सात वर्षीय बालकको मृत्यु

स्कुल बसको ठक्करबाट सात वर्षीय बालकको मृत्यु

नेपालखबर
भदौ २०, २०८२ शुक्रबार १८:४६, सिरहा

गोलबजार नगरपालिका–२ टुड्किया सैनिक चोकमा आज स्कुल बसको ठक्करबाट सात वर्षीय बालकको मृत्यु भएको छ। ट्रिनिटी बोर्डिङ स्कुलको बसले किच्दा स्थानीय मदन साहका छोरा आदर्शकुमार साहको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। आदर्श सोही विद्यालयको ‘प्ले ग्रुप’ मा अध्ययनरत थिए।

ग१ख ३७८८ नम्बरको बसले विद्यालयबाट घर फर्किने क्रममा आदर्शलाई किच्दा उनको टाउकोमा गम्भीर चोट लागि तत्कालै घटनास्थलमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक वीरेन्द्रकुमार पासवानले जानकारी दिए।

उनका अनुसार ठक्कर दिने बसका चालक गोलबजार नगरपालिका–३ का विमल भुजेल घटनापछि फरार भएका छन्। प्रहरीका अनुसार निजको खोजी कार्य जारी छ। उक्त घटनापछि मृतक बालकको शव कानुनी प्रक्रियाअनुसार मुचुल्का उठाएर परीक्षणका लागि राउ स्मारक प्रादेशिक अस्पताल लहान पठाइएको प्रहरी नायब उपरीक्षक पासवानले बताए। बस भने प्रहरीले नियन्त्रणमा लिएको छ।

यसैबीच, घटनाप्रति थप अनुसन्धान गर्न स्कुलका संस्थापक एवं प्रधानाध्यापक दिलीप बुढाथोकीलाई हिरासतमा लिई प्रहरीले सोधपुछ गरिरहेको उनले जानकारी दिए। रासस

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad