समाज


झुट्टा सवारी दुर्घटना खडा गरी बिमा रकम ठगी गर्ने ६ जना पक्राउ

झुट्टा सवारी दुर्घटना खडा गरी बिमा रकम ठगी गर्ने ६ जना पक्राउ

नेपालखबर
भदौ १८, २०८२ बुधबार १९:१५, काठमाडौँ

झुट्टा सवारी दुर्घटना खडा गरी बिमा रकम दाबी गर्ने कार्यमा संलग्न ६ जना व्यक्तिहरूलाई प्रहरीले पक्राउ गरेको छ।

प्रहरीका अनुसार, पक्राउ परेकाहरूले विभिन्न मिति र समयमा सवारी दुर्घटना भएको झुट्टा घटना खडा गरी सरकारी कार्यालयका नक्कली कागजात र छाप प्रयोग गरेका थिए। 

यस्तै, नक्कली घाइते खडा गरेर उनीहरूको उपचार बी एण्ड बी अस्पतालमा भएको देखाउने नक्कली कागजात समेत तयार गरी नेपाल माइक्रो इन्सुरेन्स कम्पनीबाट बिमा रकम भुक्तानी गराउने गरेको खुलेको हो।

यस क्रममा संलग्न कम्पनीका कर्मचारी र सवारीधनी गरी ६ जनालाई मंगलबार साँझ ७ बजे नियन्त्रणमा लिइएको हो। 

पक्राउ पर्नेमा ललितपुरको गोदावरी नगरपालिका-१४ का ३६ वर्षीय सुनिल महर्जन र ३३ वर्षीय विकेश कुँवर, काठमाडौँ महानगरपालिका-१४ का ५१ वर्षीय बिनोद डंगोल, सर्लाही इश्वरपुर-३ का ३९ वर्षीय सुनिल सापकोटा रहेका छन्। 

त्यस्तै काभ्रेको पाँचखाल-२ का ४८ वर्षीय हरि प्रसाद गौतम (हाल काँडाघारी बसोबास) र बारा निजगढ-६ का ४५ वर्षीय मनोजकुमार आचार्य (हाल कागेश्वरी मनोहरा-७ बसोबास) रहेका छन्।

पक्राउ परेकाहरूलाई लिखतसम्बन्धी कसूरमा काठमाडौँ जिल्ला अदालतबाट ५ दिनको म्याद थप अनुमति लिइ थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad