समाज


सि लिड्स आइकनको दोस्रो संस्करण पुस १८ गतेदेखि

सि लिड्स आइकनको दोस्रो संस्करण पुस १८ गतेदेखि

नेपालखबर
भदौ १७, २०८२ मंगलबार १८:२०, काठमाडौँ

सि लिड्स आइकनको दोस्रो संस्करण आगामी पुस १८ गतेदेखि २२ सम्म काठमाडौंमा हुने भएको छ।

राजनीतिमा महिला, महिला स्वास्थ्य, उद्यमशिलता र किशोरी सशक्तीकरणका क्षेत्रमा ४ वर्षदेखि कार्यक्रम तथा वकालत गर्दै आएको कल्प इम्पावर वेमेन नेपालले तीन दिने महिला उत्सव आयोजना गर्न लागेको हो। 

स्थानीय तहमा निर्वाचित महिला जनप्रतिनिधिहरु (प्रमुख/उपप्रमुख) सुकर्मलाई संचार गर्ने हेतुले आयोजना गरिएको कार्यक्रम हो। २०८१ पुस १९ गते काठमाडौँमा शी लिड आइकन पहिलो संस्करण प्रधानमन्त्रीको उपस्थितिमा सम्पन्न भएको थियो । 

दोस्रो संस्करणमा १३१ वटा आवेदन प्राप्त भएकोमा प्रकिया पूरा भएका १११ आवेदन रहेका थिए । त्यसमा प्रदेशबाट २० (प्रमुख/अध्यक्ष २, उपप्रमुख/उपाध्यक्ष १८), मधेश प्रदेशबाट १२ (प्रमुख/अध्यक्ष ३, उपप्रमुख/उपाध्यक्ष ९), बागमती प्रदेशबाट १७ (प्रमुख/अध्यक्ष २, उपप्रमुख/उपाध्यक्ष १५), गण्डकी प्रदेशबाट १६ (प्रमुख/अध्यक्ष १, उपप्रमुख/उपाध्यक्ष १५), लुम्बिनी प्रदेशबाट १६ (उपप्रमुख/उपाध्यक्ष १६), कर्णाली प्रदेशबाट १२ (प्रमुख/अध्यक्ष १, उपप्रमुख/उपाध्यक्ष ११) र सुदूरपश्चिम प्रदेशबाट १६ (प्रमुख/अध्यक्ष १, उपप्रमुख/उपाध्यक्ष १५) आवेदन प्राप्त भएका छन्। यसमध्ये प्रमुख/अध्यक्षको कुल संख्या १० र उपप्रमुख/उपाध्यक्षको कुल संख्या १०१ रहेको छ।

१३१ जना महिला जनप्रतिनिधिको आवेदनबाट निर्णायक मण्डलमा रहेका अष्टलक्ष्मी शाक्य (वरिष्ठ राजनीतिज्ञ तथा प्रथम महिला मुख्यमन्त्री), चारु चडड़ा (सञ्चार तथा ब्रान्ड रणनीतिज्ञ) र सरु जोशी (लैंगिकता र समानता विशेषज्ञ ) टोलीले कोशी प्रदेशबाट ४, मधेश प्रदेशबाट ५ , बागमती प्रदेशबाट ५, गण्डकी प्रदेशबाट ४, लुम्बिनी प्रदेशबाट ४, कर्णाली प्रदेशबाट ४ र सुदूरपश्चिमबाट ५ जना गरी जम्मा ३१ जना प्रेरणादायी महिला जनप्रतिनिधिहरु छनोट गरेको छ । जस्मा ७ जना प्रमुख पद र २४ जना उपप्रमुख रहेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad