समाज


बेलुकीपख काठमाडौसहित केही ठाउँमा हावाहुरी/चट्याङसहित असिना-पानी पर्ने सम्भावना छ, सजग रहौंः मौसमविद्

बेलुकीपख काठमाडौसहित केही ठाउँमा हावाहुरी/चट्याङसहित असिना-पानी पर्ने सम्भावना छ, सजग रहौंः मौसमविद्

नेपालखबर
बैशाख ७, २०७७ आइतबार ४:१५,

आज (आइतबार) पनि काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा हावाहुरी/चट्याङसहित असिना-पानी पर्ने सम्भावना रहेकाले होसियार रहन मौसमविद्ले आग्रह गरेका छन्।

मौसम पूर्वानुमान महाशाखाका मौसमविद्का अनुसार आज देशका पहाडी भेगका केही स्थान तथा तराईका पनि एक/दुई ठाउँमा हावाहुरी/चट्याङसहित असिना पानी पर्ने सम्भावना छ।

‘खासगरी बेलुकीपख यस्तो सम्भावना छ,’ महाशाखाका मौसमविद् वरुण पौडेलले आइतबार बिहान नेपालखबरसँग भने, ‘अहिले दिनभर घामले जमिन तातिने र त्यसबाट बादल विकास भएर बेलुकीपख गड्याङगुडुङसहित वर्षा हुने हुन्छ।’

उनका अनुसार आज बेलुकीपख विशेषगरी पोखरा, काठमाडौं, धनकुटालगायत ठाउँका पहाडी भेगमा हावाहुरी आउने, चट्याङसहित असिना पानी पर्ने सम्भावना छ।

‘हिजो जत्तिकै शक्तिशाली सिस्टम त आज देखिएको छैन,’ उनले भने, ‘तर पनि बेलुकीपख अघि भनेका स्थानमा मेघगर्जन/चट्याङ र हावाहुरी आउने सम्भावना रहेकाले सचेत रहन आवश्यक छ।’

मौसम महाशाखाले पनि आइतबार बिहानै ६ बजे आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श जारी गर्दै भनेको छः  देशका केही स्थानमा मेघगर्जन/चट्याङ/हावाहुरी/असिनासहित वर्षा हुन सक्ने देखिएकाले सतर्कता अपनाउन हुन अनुरोध छ।

मौसमविद् पौडेलका अनुसार मौसममा यस्तो क्रम पर्सि अर्थात् मंगलबारसम्म जारी रहने देखिएको छ।

‘भोलि (सोमबार) पूर्वी तराईका झापा, विराटनगरतिर हावाहुरी आउने तथा चट्याङसहित असिना पानी पर्ने सम्भावना छ,’ उनले भने, ‘पर्सि (मंगलबार) यस्तो सम्भावना रूपन्देही, दाङतिर देखिन्छ।’ 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad