समाज


एक स्पेनी ट्याक्सी चालकले कोरोना बिरामीलाई दिए निःशुल्क सेवा, डाक्टर नर्सबाट पाए यस्तो स्वागत

एक स्पेनी ट्याक्सी चालकले कोरोना बिरामीलाई दिए निःशुल्क सेवा, डाक्टर नर्सबाट पाए यस्तो स्वागत

नेपालखबर
बैशाख ७, २०७७ आइतबार ५:३७,

यो कोरोना भाइरस (कोभिड—१९) प्रभावित स्पेनी सहर बार्सिलोनाको कथा हो। कोरोना फैलिएसँगै बार्सिनाका कोरोना संकास्पद बिरामी एउटा फरक समस्यामा परे, ‘घरबाट अस्पताल कसरी जाने? अनि अस्पतालले डिस्चार्ज दिइहाले कसरी घर फर्किने?’

यो त्यो समयको कुरा हो जतिबेला बार्सिलोनामा कोरोना सर्ने त्रासका कारण ट्याक्सी सेवा सर्वसुलभ थिएनन्। बिरामी झन् समस्यामा परेका थिए।

यही समयमा ट्याक्सी चालक शेराज शैयदले निर्णय गरे, ‘म बिरामी र चिकित्सक घर पुर्याइदिन्छु। त्यसबापत पैसा लिने छैन।’ ट्याक्सीमा उनले आफ्नै पैसाले तेल हाले तर यात्रुसँग शुल्क लिएनन्। सेवा दिइरहे मार्चदेखि  करिब डेढ महिनासम्म। अलजजिराका अनुसार उनी पाकिस्तानी मूलका हुन्।

घर पुगेपछि उनी बच्चा र परिवार सदस्यलाई अंकमाल गर्दैनथे। पहिलो तातोपानीले नुहाउँथे। सुरक्षा सावधानीका अरु विधि अपनाउथे।

शनिबार शैयदलाई सधैँजस्तै डे ला शान्ता क्रु अस्पतालका एक बिरामीले फोन गरी बोलाए। उनी बिरामी यात्रु लिन भनेर अस्पताल पुगे। तर त्यहाँको दृश्य फरक थियो। अस्पतालभित्र प्रवेश गर्नासाथ सेतो पोशाकमा रहेका डाक्टर, नर्स स्वागतका लागि तयार थिए। ताली बजाएर स्वागत गर्दै उनको कामको प्रशंसा गरे। डाक्टर, नर्सले स्वागत गरेकाे देखेर उनी आश्चर्यचकित भए।

त्योभन्दा छक्क लाग्दो कुरा त अर्को थियो। डाक्टर, नर्सले उनलाई दिन एउटा खाम तयार राखेका थिए। त्यसमा पैसा थियो। 

अस्पतालका डाक्टर, नर्सको व्यवहार देखेर भावुक बनेका ट्याक्सी चालकका आँखाबाट आँसु झरे। भक्निएको श्वरमा उनले भने, ‘यो मानवीयताको ड्युटी त थियो।’ 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad