समाज


उदयपुरमा थप एकमा कोरोना संक्रमण, संक्रमितको संख्या ३१ पुग्यो

उदयपुरमा थप एकमा कोरोना संक्रमण, संक्रमितको संख्या ३१ पुग्यो

नेपालखबर
बैशाख ६, २०७७ शनिबार १४:५१,

नेपालमा थप एक जनामा कोरोना भाइरस (कोभिड १९)को संक्रमण देखिएको छ।

दुई संक्रमित महिला निको भएर घर फर्केकै दिन शनिबार थप एकमा संक्रमण देखिएको हो।

स्वास्थ्य मन्त्रालयको आधिकारिक वेवसाइटमा एक ६५ वर्षीय पुरुषमा नयाँ संक्रमण पुष्टि भएको उल्लेख छ।

शुक्रबार उदयपुरको त्रियुगा नगरपालिका ३ भुल्केस्थित मस्जिदमा रहेका ११ भारतीय र एक नेपालीमा कोरोना पोजेटिभ भेटिएको थियो। शनिबार संक्रमण पुष्टि भएका ती पुरुष पनि सोही मस्जिदकै भएको स्वास्थ्य मन्त्रालय स्रोतले नेपालखबरलाई बतायो।

‘शनिबार पुष्टि भएका नयाँ संक्रमित पनि भुल्के मस्जिदकै हुन्’, स्रोतले भन्यो, ‘उनी नेपाली वा भारतीय हुन भन्नेबारे पुष्टि भएको छैन।’

शुक्रबार संक्रमण पुष्टि भएका १२ जनालाई उपचारका लागि विराटनगरस्थित कोसी अस्पताल कोभिड १९ उपचार केन्द्र लगिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .