राजनीति


ओली–प्रचण्ड तीन घन्टा वार्ता, अलपत्र नागरिकको व्यवस्थापन र पार्टीको बैठक एजेण्डा

ओली–प्रचण्ड तीन घन्टा वार्ता, अलपत्र नागरिकको व्यवस्थापन र पार्टीको बैठक एजेण्डा

नेपालखबर
बैशाख ६, २०७७ शनिबार १४:४०,

प्रधानमन्त्री केपी शर्मा ओली तथा नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच शनिबार भएको भेटमा अलपत्र नागरिकको व्यवस्थापन र पार्टीको बैठक राख्ने विषयमा छलफल भएको छ।

शनिबार भएको करिब तीन घण्टा लामो भेटवार्तामा प्रधानमन्त्री ओलीसँग अध्यक्ष प्रचण्डले मुख्य गरी लकडाउनका कारण अलपत्र परेका नागरिकको उचित व्यवस्थापन गर्न ध्यानाकर्षण गराएका छन्।

‘अध्यक्षले लकडाउनका कारण अलपत्र नागरिकलाई सुरक्षितरुपमा उनीहरुको घरसम्म पुर्याउने व्यवस्था मिलाउन र पार्टीको नियमित बैठक राख्न प्रधानमन्त्रीलाई आग्रह गर्नुभएको छ,’ प्रचण्ड निकट नेकपाका एक नेताले नेपालखबरसँग भने, ‘श्रमिक र मजदुर हिँडेरै जाँदा पनि सरकारले कुनै ठोस कदम नचालेकोमा प्रचण्डले प्रधानमन्त्रीको ध्यानाकर्षण गराउनुभएको हो।’

दुई अध्यक्षबीच शनिबार बिहान ११ देखि २ बजेसम्म कुराकानी भएको थियो। पछिल्लो समय दुई अध्यक्षबीच असमझदारी बढिरहेको टिप्पणी भइरहेका बेला यो भेटवार्ता भएको हो।

मजदूरहरु बालबालिकासहित हिँडेरै दुर्गम जिल्लातिर गइरहेका रिपोर्टहरू आएपछि प्रचण्डले प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको ती नेताले बताए।

अध्यक्ष प्रचण्डले पछिल्लो परिस्थितिबारे छलफल गर्न पार्टीको नियमित बैठक बोलाउनेबारे पनि ओलीसँग छलफल गरेका छन्।

‘श्रमिकहरूलाई खाना तथा बाटोमा बिचल्लीमा परेका नागरिकलाई सुरक्षित रुपमा घर जाने व्यवस्था गर्न प्रचण्डले प्रधानमन्त्रीसँग कुरा गर्नु भएको हो’, अध्यक्ष प्रचण्डलाई उद्धृत गर्दै ती नेताले भने, ‘कोरोना महामारी सामना गर्ने सरकारको प्रयासमा सहयोग गर्ने सम्बन्धमा कार्ययोजना बनाउन पार्टी सचिवालयको बैठक पनि तत्कालै राखौं।’

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .