समाज


दिउँसो यी प्रदेशका पहाडमा भारी वर्षा हुने सम्भावना

दिउँसो यी प्रदेशका पहाडमा भारी वर्षा हुने सम्भावना

नेपालखबर
भदौ १३, २०८२ शुक्रबार ७:४४, काठमाडौँ

देशका विभिन्न स्थानमा वर्षा हुने क्रम जारी छ। 

यस क्रममा आज दिउँसो पनि पानी पर्ने क्रम जारी रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। 

महाशाखाका अनुसार दिउँसो पहाड र तराईका थोरै स्थानमा मध्यम वर्षा हुने सम्भावना छ। 

यस क्रममा कोसी प्रदेश, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाड भेगका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ। 

वर्षाका कारण बाढी-पहिरो जाने सम्भावना रहेकाले सतर्कता अपनाउन मौसम महाशाखाले सम्बन्धित क्षेत्रका बासिन्दालाई सुझाव दिएको छ। 

मौसम महाशाखाले जारी गरेको २४ घण्टे बुलेटिन यस्तो छ:

आज दिउँसो : देशभर साधारणतया बदली (आकाशभरि बादल) रहनेछ। देशका पहाड भूभागका केही स्थान र तराई भूभागका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना छ। कोसी प्रदेश, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाड भूभागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना छ। 

आज राति : देशभर साधारणतया बदली रहनेछ। कोसी प्रदेश,गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशलगायत देशका बाँकी पहाड भूभागका केही स्थान तथा बाँकी भूभागका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना छ। कोसी प्रदेश र सुदूरपश्चिम प्रदेशको पहाड भूभागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना छ। 

हाल मनसुनको न्यूनचापीय रेखा पूर्वमा सरदर स्थानभन्दा दक्षिणतर्फ तथा पश्चिममा सरदर स्थानआसपास छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad