भन्सार करका विषयमा अमेरिकासँग मनमुटाव भइरहेका बेला भारतका प्रधानमन्त्री नरेन्द्र मोदी शुक्रबार जापान पुगेका छन्।
भारतीय सञ्चारमाध्यमका अनुसार दुई देश जापान र चीनको चारदिने भ्रमणका क्रममा प्रधानमन्त्री मोदी टोकियो (जापानको राजधानी) पुगेका हुन्।
जापान पुगेपछि प्रधानमन्त्री मोदीले सामाजिक सञ्जाल एक्समा लेखेका छन्, ‘भारत र जापानले आफ्नो विकास सहयोगलाई निरन्तर सुदृढ पारिरहेका छन्। म यस भ्रमणका क्रममा प्रधानमन्त्री इसिबा र अन्य नेतालाई भेट्न उत्सुक छु। यसले विद्यमान साझेदारीलाई गहिरो बनाउने र सहयोगका नयाँ तरिका खोजी गर्ने अवसर प्रदान गर्नेछ।’
प्रधानमन्त्री मोदीका अनुसार उनी जापानपछि चीनमा भ्रमणमा जानेछन्। त्यस क्रममा उनी चीनमा हुने सांघाई सहयोग संगठन (एससीओ) बैठकमा भाग लिनेछन्।
अनि उनले चीनका राष्ट्रपति सी चिनफिङ, रुसका राष्ट्रपति भ्लादिमिर पुटिनसँग पनि भेटवार्ता गर्ने बताइएको छ।
भारतविरुद्ध ५० प्रतिशत भन्सार महसुल तोकेपछि मोदी अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पसँग रिसाएका छन्।
Shares

प्रतिक्रिया