पहिरो खसेपछि बीपी राजमार्ग फेरि अवरुद्ध भएको छ।
काभ्रेको रोशी गाउँपालिकाका दुई ठाउँमा गएराति सुख्खा पहिरो खसेपछि बीपी राजमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ।
रोशी गाउँपालिका वडा नम्बर–९ को बिरुवा डाँडा र १२ नम्बर वडाको माम्तीमा पहिरो खसेको हो।
घटनास्थलमा ट्राफिक प्रहरी र इलाका प्रहरी कार्यालय मंगलटारबाट प्रहरी टोली खटिएका छन्। जेसीबीको सहायताले पहिरो हटाउने पहल भइरहेको छ।
495
Shares

प्रतिक्रिया