ad ad

समाज


आर्मी हुँ भन्दै ठग्नेलाई कारागार चलान

आर्मी हुँ भन्दै ठग्नेलाई कारागार चलान

नेपालखबर
बैशाख ६, २०७७ शनिबार ६:३७,

आर्मी हुँ, ब्यारेकमा मेसको काम गर्छु, मेसमा किनेका सामान सस्तो मूल्यमा दिन्छु भन्दै पसलेलाई प्रलोभनमा पारेर ठगी गर्ने ४६ वर्षीय राजकुमार राउतलाई जिल्ला अदालत झापाले कारागार चलान गरेको छ।

उनको नाममा मेचीनगर, विर्तामोड, भद्रपुर नगरपालिकासमेत गरी १० जनाबाट जम्मा रु ५७ लाख ८६ हजार ठगी गरेको जाहेरी परेको थियो।

सोही जाहेरीका आधारमा जिल्ला अदालतले शुक्रबार रु ६२ लाख ५० हजार धरौटी माग गरेको थियो। सोही मागबमोजिमको धरौटी राख्न नसकेको हुँदा उनलाई कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता महेन्द्रकुमार श्रेष्ठले बताए।

उनले पसलेलाई प्रलोभनमा पारी प्रदीप कार्की, राजन काफ्ले, दुर्गा कार्की हुँ भन्दै ठाउँअनुसार परिचय फेर्दै ठग्ने गरेको अनुसन्धानको क्रममा पाइएको उहाँको भनाइ छ । राउतका नाममा मोरङ, सुनसरी, उदयपुरलगायतका विभिन्न जिल्लामा समेत मुद्दा दर्ता भएको छ। उनी भद्रपुर नगरपालिका– १० मा बस्दै आएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .