समाज


महिलालाई यौन क्रियाकलापमा लगाएको आरोपमा होटल सञ्चालक पक्राउ

महिलालाई यौन क्रियाकलापमा लगाएको आरोपमा होटल सञ्चालक पक्राउ

नेपालखबर
भदौ ८, २०८२ आइतबार २२:०, जनकपुर

आर्थिक प्रलोभन देखाइ महिलालाई जबरजस्ती यौन क्रियाकलापमा संलग्न गराएको आरोपमा प्रहरीले जनकपुरका एक होटल सञ्चालकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा जनकपुरधाम–२३ का ४५ वर्षीय अजिज राइन रहेका छन्। 

प्रहरी नायब उपरीक्षक बरुणबहादुर सिंहका अनुसार पीडित परिवार र मानव अधिकारकर्मीले दिएको उजुरीका आधारमा राइनलाई पक्राउ गरी आवश्यक अनुसन्धान प्रक्रिया अगाडि बढाइएको छ। राइनविरुद्ध मानव बेचविखन र यौनजन्य अपराधसँग सम्बन्धित गम्भीर प्रकृतिका उजुरी दर्ता भएका छन्। 

‘प्रमाण संकलनको काम भइरहेको छ’, प्रहरी नायब उपरीक्षक सिंहले भने। 

राइनविरुद्ध राष्ट्रिय मानवअधिकार आयोगमा समेत उजुरी परेको छ। आयोगका जनकपुरधाम प्रमुख बुद्धनारायण सहनीले उक्त घटनालाई अत्यन्त संवेदनशील विषयका रूपमा लिइएको बताए।

‘आयोगले प्रारम्भिक तथ्य जाँच सुरु गरेको छ’, उनले भने। रासस

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad