समाज


भारी वर्षाका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको उडान प्रभावित

भारी वर्षाका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको उडान प्रभावित

नेपालखबर
भदौ ६, २०८२ शुक्रबार १९:३४, काठमाडौँ

काठमाडौँ उपत्यकामा भारी वर्षा हुँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको हवाइ उडान प्रभावित भएको छ। वर्षाका कारण अन्तर्राष्ट्रिय र आन्तरिक दुवैतर्फका उडान प्रभावित भएको विमानस्थलका महानिर्देशक हंसराज पाण्डेले जानकारी दिए। 

'आज पानी धेरै पर्‍यो। उडान अवरुद्ध हुने, सञ्चालन हुने भइरहेको छ। आज दुईपटक जहाज होल्ड भइसक्यो' उनले भने।  

वर्षाका कारण विदेशबाट नेपाल आएका जहाजहरू आकाशमै होल्ड भइरहेका छन्। विराटनगर, भरतपुर, पोखरालगायत विमानस्थलबाट काठमाडौँ आउने जहाजहरू उतै रोकिएका छन्।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad