समाज


सशस्त्र प्रहरीमा जवानदेखि भान्सेसम्म ८४६ जनाको लागि खुल्यो जागिर

सशस्त्र प्रहरीमा जवानदेखि भान्सेसम्म ८४६ जनाको लागि खुल्यो जागिर

फाइल तस्बिर


नेपालखबर
भदौ ६, २०८२ शुक्रबार ८:२, काठमाडौँ

सशस्त्र प्रहरी बलले ठूलो संख्यामा नयाँ भर्नाको लागि दरखास्त आह्वान गरेको छ। 

सशस्त्र प्रहरी बल मानवस्रोत विभागले शुक्रबार सूचना जारी गर्दै सशस्त्र प्रहरी जवान, भान्से, कुचिकार, सूचीकार, केशकर्तक र चर्मकर्मी पदका लागि दरखास्त आह्वान गरेको हो। 

सशस्त्र प्रहरीले रिक्त रहेको साधारण समूह र साधारण उप-समूहतर्फ दरखास्त आह्वान गरेको छ। सशस्त्र प्रहरी जवानमा ८७६ जनाको लागि दरखास्त आह्वान गरिएकाे छ।

त्यसैगरि भान्सेमा २६, कुचिकार १०, सूचीकार १३, केशकर्तक १० र चर्मकर्मी १ गरि आठसय ४६ जना खुला प्रतियोगिताद्वार पदपूर्ति गरिने सूचनामा उल्लेख छ। 

योग्यता पुगेका इच्छुक नेपाली नागरिकले आजदेखि आगामी असोज ५ गतेसम्म दरखास्त दिन सक्नेछन्। 

हेर्नुहोस् सूचना 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad