समाज


बाँदरको आक्रमणबाट नुवाकोटमा एक जनाको मृत्यु

बाँदरको आक्रमणबाट नुवाकोटमा एक जनाको मृत्यु

नेपालखबर
भदौ ४, २०८२ बुधबार १३:१०, काठमाडौँ

बाँदरको आक्रमणबाट नुवाकोटमा एक जनाको ज्यान गएको छ। जिल्लाको पन्चकन्या गाउँपालिका-२ कविलास कोटथोकका ५८ वर्षीय गोकर्ण नेपालीको बाँकदरको आक्रमणबाट मृत्यु भएको हो। 

बाँदरको आक्रमणबाट घाइते भएका नेपालीलाई उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटैमा उनको मृत्यु भएको गाउँपालिकाकी उपप्रमुख विमला केसीले नेपालखबरलाई जानकारी दिइन्। 

नेपालीलाई बुधबार बिहान बाँदरको हुलले आक्रमण गरेको थियो। आफ्नै घरबारी पसेका बाँदर धपाउने क्रममा उनीमाथि आक्रमण भएको थियो।

बाँदरको आक्रमणबाट अचेत भएका उनलाई स्थानीयले उद्धार गरी उपचारका लागि काठमाडौँ ल्याउँदै गर्दा मृत्यु भएको हो।  
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad