ad ad

समाज


चितवनमा पीसीआर परीक्षणमा पनि २ जनाको रिपोर्ट ‘शंकास्पद’ आएपछि स्वाव राष्ट्रिय प्रयोशाला पठाइयो

चितवनमा पीसीआर परीक्षणमा पनि २ जनाको रिपोर्ट ‘शंकास्पद’ आएपछि स्वाव राष्ट्रिय प्रयोशाला पठाइयो

नेपालखबर
बैशाख ५, २०७७ शुक्रबार ५:४३,

चितवनको भरतपुरमा दुई जनाको पीसीआर बिधिबाट गरिएको परीक्षणमा कोरोना हुनसक्ने देखिएपछि उनीहरुको स्वाब (नमुना) थप परीक्षणका लागि काठमाडौं पठाइएको छ।

बिहीबार गरिएको परीक्षणको रिपोर्ट ‘शंकास्पद’ देखिएका कारण काठमाडौको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु पठाइएको भरतपुर अस्पतालका डाक्टर श्रीराम तिवारीले नेपालखबरलाइ जानकारी दिए।
‘यसालई पोजिटिभ पनि भन्न मिल्दैन, नेगेटिभ पनि होइन। अलि शंकास्पद देखियो, त्यसैले कन्फर्म (थप पुष्टि) गर्नका लागि बिहीवार राती नै काठमाडौं स्वाब पठाएका हौं,’ तिवारीले भने, ‘दिउँसोसम्म रिपोर्ट आइपुग्छ।’

राप्ती नगरपालिकाका उनीहरु बेलायतबाट आएका आमा छोरा हुन्। एक महिनाअघि उनीहरु नेपाल आएका थिए ।

र्‍यापिड टेस्ट गर्दा पनि उनीहरुको रिपोर्ट शंकास्पद आएको थियो।

हाल दुबैजनालाई भरतपुर अस्पतालको आइसोलेसनमा राखिएको छ ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .