ad ad

समाज


सरकारलाई प्रश्नः कोरोना निर्क्याेल गर्न अन्ततः पीसीआर नै गर्नुपर्छ भने र्‍यापिड टेस्ट किन?

सरकारलाई प्रश्नः कोरोना निर्क्याेल गर्न अन्ततः पीसीआर नै गर्नुपर्छ भने र्‍यापिड टेस्ट किन?

नेपालखबर
बैशाख ५, २०७७ शुक्रबार ४:५४,

कोरोना संक्रमण पहिचानका लागि अहिले सरकारले देशव्यापी रूपमा र्‍यापिड डायग्नस्टिक टेस्ट (आरडीटी) विधिमार्फत शंकास्पद मानिसको नमुना परीक्षण गरिरहेको छ।

तिनका नतिजा नेगेटिभ/पोजिटिभ भनेर खबर सार्वजनिक भइरहेका छन्। सँगसँगै आरडीटी परीक्षण गरिएकालाई पुनः पीसीआर परीक्षण पनि गर्ने क्रम चलिरहेको छ।

त्यस क्रममा आरडीटीमा नेगेटिभ देखिएका बिरामीको नमूना पीसीआरमा परीक्षण गर्दा पोजिटिभ त आरडीटीमा पोजिटिभ देखिएका नमुना पीसीआरमा परीक्षण गर्दा नतिजा नेगेटिभ आएका घटना बढी देखिएका छन्।

याे पनि: आरडीटी पोजिटिभ काभ्रेका दुवै युवकको पीसीआर रिपोर्ट नेगेटिभ

स्वास्थ्य मन्त्रालय स्वयंले बिहीबार विज्ञप्ति जारी गरी आरडीटी नतिजा नेगेटिभ आउँदैमा कोरोना संक्रमण छैन भन्न नमिल्ने र अन्तिममा पीसीआर परीक्षण नै गरेर निर्क्याेल गर्नुपर्ने बताएको छ।

याे पनि: स्वास्थ्य मन्त्रालय भन्छः र्‍यापिड टेस्ट नेगेटिभ आउनु कोरोना नभएकाे प्रमाण होइन

विज्ञहरूले पनि आरडीटी परीक्षणले कोरोना भाइरस संक्रमण भएको एक हप्तापपिछ मानिसको शरीरले भाइरससँग लड्न प्रतिरोधी शक्ति जसलाई एन्टिबडी भनिन्छ, त्यो उत्पादन गर्ने र आरडीटी परीक्षणले त्यही कुरा पत्ता लगाउने बताइरहेका छन्। 

तर एन्टिबडी ४० दिनसम्म पनि मानिसका शरीरमा रहने भएकाले भाइरस निष्क्रिय भइसक्दा पनि आरडीटी परीक्षणले पोजिटिभ देखाइरहन्छ।

यस अर्थमा मानिसमा अझै कोरोना संक्रमण छ कि छैन भनेर यो परीक्षणले प्रस्ट पार्न नसक्ने प्रस्ट हुन्छ। बरु मानिसलाई अलमलमा पारिरहेको देखिन्छ।

यसरी जब अन्ततः कोरोना पहिचानका लागि पीसीआर परीक्षण नै गर्नुपर्छ भने आरडीटी परीक्षण किन?

यो प्रश्न शुक्रबार बिहान नेपालखबरले टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाकी निर्देशक डा. रुना झालाई राख्दा उनले स्पष्ट जवाफ दिन सकिनन् अर्थात् बोल्न चाहिनन्। र, भनिन्, ‘यसबारे पछि नै कुरा गरौं न है।’

यस्तै स्वास्थ्य मन्त्रालयका प्रव्रक्ता डा. विकास देवकोटा पनि यसबारे बोल्न चाहेनन्। उता इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. वासुदेव पाण्डेले यो आफ्नो क्षेत्र नभएको बताए।

उनले भने, ‘हामीले त संक्रमण पुष्टि भएपछि उसको ट्रेसिङ गर्ने हो, यो कुराचाहिँ स्वास्थ्य मन्त्रालय वा ल्याबका मानिसलाई सोध्नुस् न है।’

याे पनि: 

विज्ञ भन्छन्ः र्‍यापिड टेस्टले यसरी फैलाउँदैछ रोग र सामाजिक अवहेलना दुवै

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .