ad ad

समाज


आईजीपी कुँवर ग्रीस प्रस्थान, प्रशासनिक कामकाजको जिम्मेवारी एआईजी राईलाई

आईजीपी कुँवर ग्रीस प्रस्थान, प्रशासनिक कामकाजको जिम्मेवारी एआईजी राईलाई

नेपालखबर
असोज ७, २०८१ सोमबार १२:५८, काठमाडौँ

नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) बसन्त बहादुर कुँवर ग्रीस प्रस्थान गरेका छन्। मित्रराष्ट्र ग्रीसको एथेन्समा यूएस ड्रग इन्फोर्समेन्ट एडमिनिस्ट्रेशनको आयोजनामा हुन लागेको ३८ औँ अन्तर्राष्ट्रिय ड्रग इन्फोर्समेन्ट कन्फरेन्समा सहभागी हुन उनी त्यसतर्फ प्रस्थान गरेका हुन्।

उक्त कन्फरेन्स भोलि (मंगलबार) देखि बिहीबारसम्म सञ्चालन हुनेछ। 

आईजीपी कुँवरसहित कन्फरेन्समा सहभागी हुन प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दिनेश कुमार आचार्य पनि सहभागी छन्। 

उनीहरूलाई हरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायब महानिरीक्षकहरू लगायत वरिष्ठ प्रहरी अधिकृतहरूले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल गौचरमा शुभकामना सहित बिदाइ गरे।

आईजीपी कुँवरको अनुपस्थितिमा प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) टेक प्रसाद राईले नेपाल प्रहरी प्रधान कार्यालयको दैनिक प्रशासनिक कामकाजको जिम्मेवारी सम्हाल्नेछन्।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .