ad ad

समाज


हिँडेरै घर जान लागेका तीन सय मजदुरलाई धादिङको माैवाखाेलामा प्रहरीले रोक्यो

हिँडेरै घर जान लागेका तीन सय मजदुरलाई धादिङको माैवाखाेलामा प्रहरीले रोक्यो

नेपालखबर
बैशाख ५, २०७७ शुक्रबार ३:२१,

कोरोना भाइरस माहामारी रोक्न सरकारले गरेको लकडाउनपछि घर हिँडेका सयौँ मजदुर धादिङ र चितवनको सिमाना मौवाखोलामा रोकिएका छन्।

कामका लागि विभिन्न जिल्लाबाट धादिङ आएका मजदुर काम गर्न नपाइने र खानेकुरा पनि सकिएपछि हिँडेरै घर जान लाग्दा प्रहरीले रोकेको हो।

उनीहरुलाई चितवन प्रहरीले धादिङको सीमा क्षेत्रमा रोकेको हो। केहीलाई भने प्रहरीले ट्रकमा चढाएर पठाइएको छ।

बिहीबार बिहानैदेखि प्रहरीले छेकेपछि तीन सय भन्दा बढी मजदुर रोकिएका छन्। उनीहरु खानेकुरा नपाएर भोकभोकै परेको स्थानीयवासी विनोद शाहले जानाकारी दिए।

मजदुर रोकिएपछि मौवाखोला बजारवासीले समेत प्रहरीलाई उनीहरुलाई हिँडेर घर जान दिन आग्रह गरेका थिए। बजारवासीको आग्रहसमेत अस्वीकार गरी प्रहरीले चितवन क्षेत्र प्रवेश गर्न नदिएपछि विवाद भएको थियो।

घटनाले उग्ररुप लिने भएपछि धादिङका प्रमुख जिल्ला अधिकारी असमान तामाङ र चितवनका प्रमुख जिल्ला अधिकारी नारायाणप्रसाद भट्टराईबीच वार्ता भएको थियो।

वार्तापछि मजदुरलाई खाद्यान्न बोक्ने सवारी साधनमा राखेर घरतर्फ जान दिने सहमति भए पनि पूर्ण रुपमा लागू भएको छैन।

धादिङका विभिन्न इँटा उद्योग, विद्यालय निर्माणलगायत काम गर्ने र गाउँमा पुनःनिर्माणका लागि आएका मजदुर घरतर्फ जान लागेका हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .