समाज


राशिफल २ भदौ : वृषको मित्रसँग भेट, कर्कटको भाग्यशाली रङ गुलाबी, तपाईँको के?

राशिफल २ भदौ : वृषको मित्रसँग भेट, कर्कटको भाग्यशाली रङ गुलाबी, तपाईँको के?

ज्यो. मेनुका दाहाल
भदौ २, २०८२ सोमबार ४:३९, काठमाडौँ

आज सोमबार, २ भदौ २०८२ (१८ अगस्ट २०२५)। हेर्नुस् आजको राशिफल-

मेष: आफन्तको सहयोग प्राप्त हुनेछ। प्रतिष्ठित काम गरेर अवसर हात पार्ने समय छ। पुनर्मिलनको योग छ। घरमा अतिथिको आगमन हुनेछ। नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ। नयाँ सोचका नवीन कार्यको सुरुआत हुन सक्छ। भोकालाई भोजन दिने। खैरो रङको प्रयोग नगर्ने।

भाग्यशाली रङ सेतो र अङ्क ४ रहेको छ। प्रेम र सम्बन्धमा ६३, व्यापारमा ७४, सेयर बजारमा ७९, वैदेशिक कार्यमा ५८ र शिक्षामा ६० प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७३, यात्राको योग ५५ र सम्पूर्ण भाग्याङ्क ६४ प्रतिशत रहेको छ।

वृष: आफ्नै हेलचेक्र्याइँले काममा उल्टो परिणाम दिन सक्छ। कलहको योग भएकाले कसैसँग बोल्दा वा ठट्टा गर्दा सतर्कता अपनाउनुहोला, साँझमा नजिकको मित्रसँग भेटघाट हुनेछ। आजको मन्त्र- खुला सोच नै सम्भावनाको ढोका हो। भगवान्‌ शंकरजीको दर्शन गर्ने। सजिलै अरूको विश्वास नगर्ने।

भाग्यशाली रङ रातो र अङ्क ५ रहेको छ। प्रेम र सम्बन्धमा ५४, व्यापारमा ७२, सेयर बजारमा ६९, वैदेशिक कार्यमा ६३ र शिक्षामा ६२ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७४, यात्राको योग ७७ र सम्पूर्ण भाग्याङ्क ७८ प्रतिशत रहेको छ।

मिथुन: तपाईंसँग धैर्य र सौम्यता दुवै साथ छन्—राम्रो निर्णय लिन सक्नुहुन्छ। वैदेशिक क्षेत्रको कार्य अघि बढ्नेछ। दिनको उत्तरार्धमा भने आफूलाई कमजोर भएको अनुभूति हुनेछ। रिसराग नियन्त्रण गर्न जरूरी छ। पितृ देवताको आशीर्वाद लिने। कालो रङको प्रयोग नगर्ने।

भाग्यशाली रङ हरियो र अङ्क १ रहेको छ। प्रेम र सम्बन्धमा ४४, व्यापारमा ६५, सेयर बजारमा ३५, वैदेशिक कार्यमा ४२ र शिक्षामा ४८ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ३९, यात्राको योग ३६ र सम्पूर्ण भाग्याङ्क ४१ प्रतिशत रहेको छ।

कर्कट: अतिथिको रूपमा सत्कार पाइनेछ। घरपरिवारका सदस्यबाट सहयोग हुनेछ। कसैकसैका लागि सन्तान प्राप्ति र प्रसन्नता छाउनेछ। सेयर बजारमा पकड जमाउनु हुनेछ। रोगीलाई सहयोग गर्ने। तामसिक भोजन नगर्ने।

भाग्यशाली रङ गुलाबी र अङ्क ९ रहेको छ। प्रेम र सम्बन्धमा ७८, व्यापारमा ७१, सेयर बजारमा ८०, वैदेशिक कार्यमा ५२ र शिक्षामा ६४ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७९, यात्राको योग ५४ र सम्पूर्ण भाग्याङ्क ६२ प्रतिशत रहेको छ।

सिंह: सुन्दर पहिरनले व्यक्तित्वमा निखार ल्याउनेछ। प्रबल इच्छाशक्तिको कारणले लक्ष्यमा पुग्न सहयोग मिल्नेछ। तर साथीहरूले अनावश्यक रूपमा अलमल्याउन सक्छन्। शुभ दिशा उत्तर वा नैऋत्य हो। घरबाट निस्कँदा गुड खाने। भरिसक्के लामो यात्रा नगर्ने।

भाग्यशाली रङ पहेँलो र अङ्क २ रहेको छ। प्रेम र सम्बन्धमा ५९, व्यापारमा ६०, सेयर बजारमा ७६, वैदेशिक कार्यमा ७४ र शिक्षामा ६१ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७७, यात्राको योग ५१ र सम्पूर्ण भाग्याङ्क ६९ प्रतिशत रहेको छ।

कन्या: निर्णायक क्षमतामा कमी आउनेछ। शरीर भारी र मन अस्थिर रहने संकेत देखिन्छ। स्वास्थ्यप्रति सजगता अपनाउन जरूरी देखिन्छ। शुभ दिशा पूर्व वा ईशान हो। आजको मन्त्र- नरम हृदय पनि अडिग लक्ष्यमा पुग्न सक्छ। विद्यार्थीलाई सहयोग गर्ने। भरिसक्के लामो यात्रा नगर्ने।

भाग्यशाली रङ खैरो र अङ्क २ रहेको छ। प्रेम र सम्बन्धमा ६३, व्यापारमा ४९, सेयर बजारमा ७६, वैदेशिक कार्यमा ७७ र शिक्षामा ६१ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७६, यात्राको योग ५५ र सम्पूर्ण भाग्याङ्क ६० प्रतिशत रहेको छ।

तुला: कम्युनिकेसन स्किल बढ्नेछ। प्रस्तुतिकरण सानदार रहनेछ। छोटो दूरीको लाभदायक यात्रा होला। प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ। रमणीय, सुखद र धार्मिक यात्राको योग छ। प्यासीलाई पानी दिने। छलकपट नगर्ने।

भाग्यशाली रङ खैरो र अङ्क ९ रहेको छ। प्रेम र सम्बन्धमा ३८, व्यापारमा ४४, सेयर बजारमा ४७, वैदेशिक कार्यमा ४१ र शिक्षामा ३९ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ६१, यात्राको योग ४९ र सम्पूर्ण भाग्याङ्क ४५ प्रतिशत रहेको छ।

वृश्चिक: बुद्धिको उपयोगले जटिल कामसमेत सम्पादन हुन सक्छ। धार्मिक र सांस्कृतिक समारोहमा सरिक हुने सम्भावना छ। मनमा उत्साहका साथै बोली बिक्ने समय छ। प्रेम सम्बन्धमा कुराकानीबाटै समाधान आउने र प्रेमीसँग मधुर मिलन हुनेछ। घरबाट निस्कँदा दही खाने। सजिलै अरूको विश्वास नगर्ने।

भाग्यशाली रङ सेतो र अङ्क ७ रहेको छ। प्रेम र सम्बन्धमा ७९, व्यापारमा ५४, सेयर बजारमा ७८, वैदेशिक कार्यमा ४९ र शिक्षामा ७९ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ६२, यात्राको योग ५८ र सम्पूर्ण भाग्याङ्क ७६ प्रतिशत रहेको छ।

धनु: निर्णय क्षमता बढेर जानेछ। कुनै कामको नेतृत्व गर्नुहुनेछ, सबैको ध्यान तपाईँतर्फ हुनेछ। आदर्श व्यक्तित्वसँगको सहकार्यले नयाँ अनुभव मिल्नेछ। प्रणय प्रसङ्गका लागि समय श्रेष्ठ छ। टाढिएका मित्रसँग नजिकिने समय छ। शुभ दिशा पश्चिम हो। विष्णु भगवान्‌लाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। कालो रङको प्रयोग नगर्ने।

भाग्यशाली रङ आकासे र अङ्क ७ रहेको छ। प्रेम र सम्बन्धमा ६९, व्यापारमा ६६, सेयर बजारमा ५२, वैदेशिक कार्यमा ५६ र शिक्षामा ६९ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७७, यात्राको योग ५७ र सम्पूर्ण भाग्याङ्क ६८ प्रतिशत रहेको छ।

मकर: महत्त्वहीन र बेकारका काममा समय नबिताउनुहोला। अल्छी लागेमा धार्मिक पुस्तक पढ्दा राम्रो हुन्छ। आजको मन्त्र- समानताको बाटो, सफलता र सम्बन्ध दुवैमा लिन्छ। हनुमानजीको दर्शन गर्ने। छलकपट नगर्ने।

भाग्यशाली रङ पर्पल र अङ्क ६ रहेको छ। प्रेम र सम्बन्धमा ८१, व्यापारमा ५९, सेयर बजारमा ७०, वैदेशिक कार्यमा ७६ र शिक्षामा ४० प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ५१, यात्राको योग ५८ र सम्पूर्ण भाग्याङ्क ६० प्रतिशत रहेको छ।

कुम्भ: लामो समयदेखि रोकिएका काम पूरा हुनेछन्। आतिथ्यपूर्ण सम्मान पाइएला। कार्य सम्पादनमा सहजता मिल्नेछ। आहारविहारको ख्याल गर्नुहोला। आजको मन्त्र- स्थिर सोच, शान्ति र सफलता तपाईँका साथी हुन्। निमुखा प्राणीलाई खानेकुरा दिने। झुट नबोल्ने।

भाग्यशाली रङ रातो र अङ्क ३ रहेको छ। प्रेम र सम्बन्धमा ३८, व्यापारमा ४०, सेयर बजारमा ३९, वैदेशिक कार्यमा ७१ र शिक्षामा ४५ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ३७, यात्राको योग ३६ र सम्पूर्ण भाग्याङ्क ४६ प्रतिशत रहेको छ।

मीन: साथीको याद आउनेछ। तपाईँको कलामा समाजको आँखा पर्नेछ। मनोरञ्जनका साथै धार्मिक कार्यमा रुचि बढ्नेछ। राजनीतिक कार्यमा सफलता मिल्ला। शुभ दिशा उत्तर वा ईशान हो। वृक्षरोपण गर्ने। उत्तर दिशा नजाने।

भाग्यशाली रङ निलो र अङ्क ५ रहेको छ। प्रेम र सम्बन्धमा ५८, व्यापारमा ७७, सेयर बजारमा ६२, वैदेशिक कार्यमा ७५ र शिक्षामा ६० प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ५३, यात्राको योग ५७ र सम्पूर्ण भाग्याङ्क ७५ प्रतिशत रहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad