समाज


दोस्रो काव्य–सन्ध्यामा आठ कविले सुनाए कविता

दोस्रो काव्य–सन्ध्यामा आठ कविले सुनाए कविता

नेपालखबर
भदौ १, २०८२ आइतबार १५:४१, काठमाडौँ

शनिबार एल्डरसटको सुसि मोटो रेस्टुरेन्टको हलको अग्रभागमा थिए आठजना कविहरू। कविहरूको सामुन्नेमा बसेका दर्शकहरू ध्यानमग्न भएर कविता सुनिरहेका थिए। नेपाली मौलिक सुमधुर धुनसँगै  कविता वाचनमा मात्र कार्यक्रम केन्द्रित थियो। 

यो दृश्य ‘साहित्य सङ्गालो’ बेलायतले आयोजना गरेको दोस्रो काव्य–सन्ध्याको हो। जसमा आठजना कविहरूले आफ्नो तीन–तीन वटा कविता सुनाए।

कविहरू गोपी सापकोटा, दीपा लिम्बू राई, प्रयास दुमी राई, केदार सङ्केत, सुमाया राई दुर्गाप्रसाद पोख्रेल, लिला सेलिङ राई र सुष्मा रुपाबुङ राईले कविता सुनाइरहँदा सहजीकरण कवि निर्भीकजङ्ग रायमाझीले गरेका थिए।

यसअघि सन् २०२४ सेप्टेम्बरमा पहिलो काव्य सन्ध्या भएको थियो। जसमा लाइभ म्युजिकसहित आठ जना कविहरूले कविता सुनाएका थिए। पहिलो कार्यक्रमदेखि नै संस्थाले प्रमुख अतिथि, माला, खादा र कुनै औपचारिक सज्जाबिना नै साहित्यिक कार्यक्रम गर्दै आएको छ। 

साथै बेलायतका एनआरएनएका उपाध्यक्ष विश्वासदीप तिगेला, किराँत सुनुवार सेवा समाजका अध्यक्ष आकाश सुनुवार, फ्रिम्ली पार्क नेपाली सोसाइटिका अध्यक्ष  टकमाया गुरुङको उपस्थिति रहेको थियो। लेखक तथा कविहरू कवि देवेन्द्र खेरेस, मुकेश राई, जीवन तिवारी, खुपेन सुनुवार, अशिम मगर, निर्मला सापकोटाको उपस्थिति रहेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad