दुई दिने नेपाल भ्रमणमा रहेका भारतीय विदेश सचिव विक्रम मिस्री र प्रधानमन्त्री केपी शर्मा ओलीबीच दुई देशको सम्बन्ध अझै मजबुद बनाउनेबारे कुराकानी भएको छ।
भारतीय दूतावासले ओली र मिस्रीको भेटमा दुई देशको सम्बन्ध र साझेदारीमा जोड दिँदै कुराकानी भएको उल्लेख गरेको हो।
'जनस्तरीय सम्बन्ध र बलियो नेपाल-भारत सम्बन्धमाथि जोड दिँदै विदेश सचिवले विभिन्न क्षेत्रहरूमा सहकार्यलाई अझ सुदृढ गर्ने गरी छलफल गर्नुभयो' दूतावासले भनेको छ।
आजै मिस्रीले राष्ट्रपति पौडेलसँग पनि शिष्टाचार भेट गरेका छन्।
औपचारिक भ्रमणका लागि आज बिहान काठमाडौँ आइपुगेका मिस्रीले राष्ट्रपति कार्यालय, शीतल निवास पुगेर पौडेलसँग भेट गरेका हुन्।
भारतीय दूतावासले सचिव मिस्रीले पौडेललाई भेटेर भारतीय नेतृत्वको तर्फबाट शुभकामना व्यक्त गरेको उल्लेख गरेको छ। त्यस्तै दुई पक्षीय सम्बन्धमा भएको सुधारको बारेमा राष्ट्रपतिलाई जानकारी गराएको दूतावासले बताएको छ।
Shares

प्रतिक्रिया