समाज


राशिफल ३१ साउन : मीनलाई आँटेको पुग्ने, धनुको अधुरो कार्य पूर्ण, तपाईँको के?

राशिफल ३१ साउन : मीनलाई आँटेको पुग्ने, धनुको अधुरो कार्य पूर्ण, तपाईँको के?

ज्यो. मेनुका दाहाल
साउन ३१, २०८२ शनिबार ४:३९, काठमाडौँ

आज शनिबार, ३१ साउन २०८२ (१६ अगस्ट २०२५)। हेर्नुस् आजको राशिफल-

मेष: दिन हाँसखेलपूर्ण रहनेछ। नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्न सक्छ। बोल्दा विचार पुर्‍याउनुपर्ने देखिन्छ। साँझमा कुनै कुराले मनमा शान्ति छाउनेछ। विवेक नै सफलताको विश्वसनीय साथी हो। वृक्षरोपण गरी कार्य प्रारम्भ गर्ने। उत्तर दिशाको यात्रा नगर्ने।

भाग्यशाली रङ निलो र अङ्क २ रहेको छ। प्रेम र सम्बन्धमा ८०, व्यापारमा ६४, वैदेशिक कार्यमा ७५ र शिक्षामा ६० प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७२, यात्राको योग ७१ र सम्पूर्ण भाग्याङ्क ७६ प्रतिशत रहेको छ।

वृष: सहयोग गर्नेभन्दा आश्वासन बाँड्नेहरू धेरै भेटिनेछन्। लगनशीलताले कामहरू अगाडि बढ्नेछन्। राजनीतिक र सामाजिक कार्यमा सफलता मिल्नेछ। प्रेम सम्बन्धका लागि समय सही छ। भोकालाई भोजन दिई कार्य प्रारम्भ गर्ने। खैरो रङको प्रयोग नगर्ने।

भाग्यशाली रङ सेतो र अङ्क ६ रहेको छ। प्रेम र सम्बन्धमा ५३, व्यापारमा ६५, वैदेशिक कार्यमा ६१ र शिक्षामा ५८ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ५२, यात्राको योग ५९ र सम्पूर्ण भाग्याङ्क ७२ प्रतिशत रहेको छ।

मिथुन: अनपेक्षित समाचारले हौसला बढाउनेछ। प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ। पुँजी बजारबाट राम्रो सफलता मिल्ला। साँझमा केही पैसा खर्च हुन सक्छ। घरबाट निस्कँदा गुड खाएर कार्य प्रारम्भ गर्ने। भरिसक्के लामो यात्रा नगर्ने।

भाग्यशाली रङ रातो र अङ्क ३ रहेको छ। प्रेम र सम्बन्धमा ४८, व्यापारमा ३५, वैदेशिक कार्यमा ५२ र शिक्षामा ४८ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ६४, यात्राको योग ६९ र सम्पूर्ण भाग्याङ्क ४७ प्रतिशत रहेको छ।

कर्कट: मनपर्ने व्यक्तिलाई सहयोग गर्न पाइनेछ। नयाँ योजनाबाट राम्रो सफलता मिल्नेछ। वैदेशिक कार्य सहजै सम्पादन हुनेछन्। परोपकारी कार्यमा संलग्न भइनेछ। कसैकसैका लागि सन्तान प्राप्तिको योग छ। भगवान् शंकरजीको दर्शन गरी कार्य प्रारम्भ गर्ने। सजिलै अरूको विश्वास नगर्ने।

भाग्यशाली रङ रातो र अङ्क ८ रहेको छ। प्रेम र सम्बन्धमा ६७, व्यापारमा ७१, वैदेशिक कार्यमा ६३ र शिक्षामा ७३ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ५८, यात्राको योग ५१ र सम्पूर्ण भाग्याङ्क ७४ प्रतिशत रहेको छ।

सिंह: शुभ समाचार सुन्न पाइएला। नाताकुटुम्बको आगमन हुने एवं परिवारमा नयाँ सदस्य थपिने सम्भावना छ। शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ। पुनर्मिलनको योग छ। गहिरो सोचले नै गहिरो परिणाम ल्याउँछ। निमुखा प्राणीलाई खानेकुरा दिई कार्य प्रारम्भ गर्ने। झुट नबोल्ने।

भाग्यशाली रङ पहेँलो र अङ्क ९ रहेको छ। प्रेम र सम्बन्धमा ६९, व्यापारमा ६२, वैदेशिक कार्यमा ५१ र शिक्षामा ७३ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ५३, यात्राको योग ७५ र सम्पूर्ण भाग्याङ्क ६४ प्रतिशत रहेको छ।

कन्या: मनमा दुबिधा उत्पन्न हुनेछ। दूरदराजमा रहेका आफन्तसँग सम्बन्ध कायम होला। महत्त्वाकाङ्क्षी योजना गोप्य राखेर अघि बढ्नुपर्छ। रोकिएको काम पुनः सुरु हुन सक्छ। नजिकका व्यक्तिको सहयोगबाट कार्य पूरा हुनेछ। रोगीलाई सहयोग गरी कार्य प्रारम्भ गर्ने। तामसिक भोजन नगर्ने।

भाग्यशाली रङ सेतो र अङ्क ७ रहेको छ। प्रेम र सम्बन्धमा ७३, व्यापारमा ५९, वैदेशिक कार्यमा ४९ र शिक्षामा ६९ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७२, यात्राको योग ५६ र सम्पूर्ण भाग्याङ्क ५८ प्रतिशत रहेको छ।

तुला: दिन अविस्मरणीय सम्झनाले बित्नेछ। शुभकार्यमा सरिक भइनेछ। ठूला व्यक्तिले तपाईँको मेहनतको प्रशंसा गर्नेछन्। रोकिएको वैदेशिक कार्य अघि बढ्नेछ। धनार्जनका नयाँ स्रोत पत्ता लाग्नेछन्। प्यासीलाई पानी दिई कार्य प्रारम्भ गर्ने। छलकपट नगर्ने।

भाग्यशाली रङ खैरो र अङ्क ९ रहेको छ। प्रेम र सम्बन्धमा ४७, व्यापारमा ४६, वैदेशिक कार्यमा ७५ र शिक्षामा ४८ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ४६, यात्राको योग ४१ र सम्पूर्ण भाग्याङ्क ४२ प्रतिशत रहेको छ।

वृश्चिक: परोपकार तथा सामाजिक सहयोग आदिमा भूमिका निर्वाह गर्न पाइनेछ। न्यायिक कार्यमा सफलता मिल्नेछ। इच्छा, आकाङ्क्षा पूर्ण हुनेछन्। अग्रजहरूको सुझावअनुसार अवसर पहिल्याउन सकिनेछ। विद्यार्थीलाई सहयोग गरी कार्य प्रारम्भ गर्ने। भरिसक्के लामो यात्रा नगर्ने।

भाग्यशाली रङ खैरो र अङ्क ३ रहेको छ। प्रेम र सम्बन्धमा ६७, व्यापारमा ६८, वैदेशिक कार्यमा ४१ र शिक्षामा ८० प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ६२, यात्राको योग ५२ र सम्पूर्ण भाग्याङ्क ६० प्रतिशत रहेको छ।

धनु: अधुरो कार्यले पूर्णता पाउनेछ। शुभकार्यमा सरिक भइनेछ। परिवारभित्रका झिनामसिना काममा धेरै समय खर्चनु पर्नेछ। नयाँ उद्योग वा रचनात्मक काममा जुट्ने समय छ। प्रेमीको सहयोग प्राप्त हुनेछ। विष्णु भगवान्‌लाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। निलो रङको प्रयोग नगर्ने।

भाग्यशाली रङ खैरो र अङ्क ५ रहेको छ। प्रेम र सम्बन्धमा ५९, व्यापारमा ७०, वैदेशिक कार्यमा ७३ र शिक्षामा ६१ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७२, यात्राको योग ५१ र सम्पूर्ण भाग्याङ्क ६३ प्रतिशत रहेको छ।

मकर: पारिवारिक र प्रेम सम्बन्धमा मनमुटाव आउन सक्छ। बाटो काट्दा वा यात्रा गर्दा सचेत हुनुपर्छ। सुन्दरतामा धन खर्च हुनेछ। वैदेशिक क्षेत्रबाट राम्रै सफलता मिल्ला। धैर्य नै सबैभन्दा दृढ सफलता हो। घरबाट निस्कँदा दही खाएर कार्य प्रारम्भ गर्ने। सजिलै अरूको विश्वास नगर्ने।

भाग्यशाली रङ गुलाबी र अङ्क ७ रहेको छ। प्रेम र सम्बन्धमा ७८, व्यापारमा ६२, वैदेशिक कार्यमा ७७ र शिक्षामा ५८ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७०, यात्राको योग ६६ र सम्पूर्ण भाग्याङ्क ७९ प्रतिशत रहेको छ।

कुम्भ: विशिष्ट व्यक्तिसँगको भेटघाटले मन प्रसन्न हुनेछ। इज्जत प्रतिष्ठामा दाग लाग्न सक्छ, ख्याल गर्नुहोला। लामो समयदेखि रोकिएको काम पूरा हुनेछ। प्रेममा विचारको मिलनबाट आत्मीयता बढ्नेछ। पितृ देवताको आशीर्वाद लिई कार्य प्रारम्भ गर्ने। कालो रङको प्रयोग नगर्ने।

भाग्यशाली रङ हरियो र अङ्क ७ रहेको छ। प्रेम र सम्बन्धमा ४८, व्यापारमा ७५, वैदेशिक कार्यमा ६१ र शिक्षामा ४९ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ४०, यात्राको योग ४९ र सम्पूर्ण भाग्याङ्क ४४ प्रतिशत रहेको छ।

मीन: आँटे-ताकेको पूरा होला। घरमा अतिथिको आगमन हुनेछ। रमाइलो यात्राको सम्भावना छ र त्यसबाट दीर्घकालिक फाइदा पुग्नेछ। नोकरी गर्नेले मानसम्मान पाउनेछन्। शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ। हनुमानजीको दर्शन गरी कार्य प्रारम्भ गर्ने। छलकपट नगर्ने।

भाग्यशाली रङ पर्पल र अङ्क १ रहेको छ। प्रेम र सम्बन्धमा ७४, व्यापारमा ६८, वैदेशिक कार्यमा ५६ र शिक्षामा ५९ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ५०, यात्राको योग ६८ र सम्पूर्ण भाग्याङ्क ७७ प्रतिशत रहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad