समाज


वर्षा र बाढीबारे भ्रामक सूचना सम्प्रेषण भइरहेको छ, नपत्याउनू : मौसम विभाग

वर्षा र बाढीबारे भ्रामक सूचना सम्प्रेषण भइरहेको छ, नपत्याउनू : मौसम विभाग

नेपालखबर
साउन ३०, २०८२ शुक्रबार ६:३७, काठमाडौँ

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गतको जल तथा मौसम विज्ञान विभागले विभिन्न व्यक्ति तथा निकायले सामाजिक सञ्जाललगायत माध्यममार्फत मौसम तथा बाढीसम्बन्धी भ्रामक तथा अपुष्ट सूचना सम्प्रेषण गरिरहेकाले त्यसलाई नपत्याउन आम नागरिक र सम्बन्धित सबै सरोकारवालालाई अनुरोध गरेको छ। 

मौसम तथा बाढीसम्बन्धी सूचना अति संवेदनशील विषय भएकाले मौसम विभागका आधिकारिक वेबसाइट तथा सामाजिक सञ्जालका सूचना मात्र विश्वास गर्न विभागले आग्रह गरेको छ। 

मौसम विभागका प्रवक्ता विभूति पोखरेलले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘हाल विभिन्न व्यक्ति तथा निकायहरूले सामाजिक सञ्जाललगायतका माध्यमहरूमार्फत मौसम तथा बाढीसम्बन्धी भ्रामक तथा अपुष्ट पूर्वसूचनाहरू सम्प्रेषण गर्ने कार्य भईरहेको कारण सर्वसाधारणमा अन्योल सिर्जना भई जनगुनासोहरू प्राप्त भएकोले यस विभागको ध्यानाकर्षण भएको छ। मौसम तथा बाढीसम्बन्धी पूर्वसूचना अति संवेदनशील विषय भएकोले तल उल्लेखित विभागको आधिकारिक वेबसाइटहरू तथा सामाजिक सञ्जालहरूमा प्रेषित सूचनाहरू प्रयोग गर्न आम सर्वसाधारण तथा सम्बन्धित सबै सरोकारवालामा हार्दिक अनुरोध गरिन्छ।’

विभागका आधिकारिक वेबसाइट तथा सामाजिक सञ्जालहरू
Website: https://www.dhm.gov.np/ Website: https://hydrology.gov.np/ Website: https://dhm.gov.np/mfd/
Facebook Page: https://www.facebook.com/mfd.nepal.5 Facebook Page: https://www.facebook.com/Flood.EWS Facebook Page: https://www.facebook.com/climate.section.3 X Page: https://x.com/DHM Weather
X Page: https://x.com/DHM FloodEWS

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad