मेलिन्डाले ट्वीटरबाट सो रकम डब्लूएचओलाई गेट्स फाउन्डेसनमार्फत् प्रदान गर्ने घोषणा गरेकी छिन्।
यसअघि पनि गेट्स फाउन्डेसनले दश करोड डलरभन्दा बढी रकम डब्लूएचओलाई सहयोग गर्ने प्रतिवद्धता जनाएको थियो।
यससँगै गेट्स दम्पत्तिले २५ करोड डलरभन्दा बढी रकम डब्लूएचओलाई सहयोग हस्तान्तरण गर्ने भएका छन्।
मेलिन्डा गेट्सले ट्वीटमा भनेकी छिन्,‘हामीले कोरोना भाइरसलाई परास्त गर्न एक भएर अगाडि बढ्नुपर्छ।’
बुधबारमात्र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाले डब्लूएचओलाई प्रदान गर्दै आएको सहयोग रोक्ने घोषणा गरेका थिए।
बिल गेट्सले संकटको बेला अमेरिकाले सहयोग नगरे झन् खराबस्थिती पैदा हुने प्रतिक्रिया जनाएका थिए।
डब्लूएचओका प्रमुख डाक्टर टेडरोस एडह्यानम गिब्रियसुसले बिल गेट्स दम्पत्तिलाई सहयोगको लागि धन्यवाद दिएका छन्।
Thanks so much @melindagates, @BillGates and the @gatesfoundation for your outstanding support to the world during this crisis and additional contribution of $150M to the global #COVID19 response. Together! https://t.co/pB4uOaUKJF
— Tedros Adhanom Ghebreyesus (@DrTedros) April 16, 2020

प्रतिक्रिया