समाज


बाजुरामा बाढीले ११ घर बगायो, ७ घरमा क्षति

बाजुरामा बाढीले ११ घर बगायो, ७ घरमा क्षति

नेपालखबर
साउन २९, २०८२ बिहिबार १६:१५, बाजुरा

बुधबार रातिको बाढीले यहाँको हिमाली गाउँपालिका–१ बिच्छ्यामा ११ घर बगाएको छ। 

बिच्छ्या खोलामा बुधबार राति आएको बाढीले गाउँपालिकाको १,३ र ५ वडामा बढी क्षति गरेको हो। बाढीले ११ घर बगाएको, सात घरमा क्षति र १७ घर जोखिममा रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक देवबहादुर चौधरीले जानकारी दिए। 

उनकाअनुसार कवाडी प्रहरी चौकीको टोली बाढी प्रभावित क्षेत्रमा गएर तथ्याङ्क सङ्कलन गरेको हो। बाढीले सोही गाउँपालिका–१ का नरेन्द्रबहादुर बुढा, छञ्चलाल थापा, धनसिंह थापा, सब्बले थापा, लालबहादुर थापा, सुजलाल थापा, गोवतल थापाको घर, पसल र खेतबारीमा क्षति पुगेको छ। 

सोही गाउँपालिका–५ का नवराज बुढा, देवीलाल चदारा, विरवल चदारा, अजय चदारा, हिउँसरा ल्वार, अङ्गविर चदाराको घर बगाएको प्रहरी निरीक्षक चौधरीले जानकारी दिए।

त्यसैगरी बलबहादुर चदारा, मुगा लुहार, देवीलाल बुढथापा, वीरभान लुहार र डबल लुहारको घर बगाएको प्रहरी निरीक्षक चौधरीको भनाइ छ। 

बाढीका कारण हिमाली गाउँपालिका–१ का विच्छ्याका  सुजलाल थापा, धनसिंह थापा, जबैलाल थापा, धनबहादुर थापा, चन्द्रापति थापा, धर्मलाल थापा, बलचन्द्र थापाको घर जोखिममा छन्। 

स्थानीय उने थापा, लालसिंह बोहरा, डिलबहादुर थापा, हरिलाल थापा, भउरलाल थापा, चन्द्रवान थापा, रत्नपति थापा, गोबनल थापा, धर्मजीत थापा र लक्ष्मण थापाको घर पनि बाढीका कारण उच्च जोखिममा छन्। 

बाढीले सरकारी कार्यालय, विद्यालय र सार्वजनिक संरचनासमेतमा क्षति पुगेको छ। १ नम्बर वडा कार्यालय, विच्छ्या मावि, स्वास्थ्य चौकी, स्थानीय विद्युत लाइन् झोलुङ्गे पुल, नेटा र देउसैनको पानी घट्टसमेत जोखिममा छन्। 

बाढीले पु-याएको क्षतिको अवस्था अनुगमन गर्न गाउँपालिका अध्यक्ष गोविन्द्रबहादुर मल्ल नेतृत्वको टोली बाढी प्रभावित क्षेत्रमा पुगेको छ। 

अध्यक्ष मल्लको टोलीले तीन वटै वडामा बाढीले पुर्‍याएको क्षतिको अवस्था र प्रभावितको अवस्था बुझ्न बिच्छ्या गएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कुलबहादुर थापाले बताए। 

बाढी प्रभावितलाई राहत र पुनःस्थापनाका लागि कार्यपालिका बैठक बसेर निर्णय गर्ने अध्यक्ष मल्लले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad