सरकारले पोखरा र विराटनगर महानगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत हेरफेर गरेको छ।
पोखरामा मुक्तिराम अर्याललाई पठाएको छ। उनी हाल लोक सेवा आयोगको जलेश्वर कार्यालयमा छन्। हाल पोखरामा प्रमुख प्रशासकीय पद खाली छ। उपसचिव हेमप्रसाद आचार्यले उक्त जिम्मेवारी सम्हालिरहेका थिए।
विराटनगरमा भूमि व्यवस्थापन मन्त्रालयका योगेन्द्रप्रसाद दुलाललाई पठाएको छ।
विराटनगरका रामचरित्र मेहतालाई सरकारले खेलकुद मन्त्रालयमा तानेको छ।
342
Shares

प्रतिक्रिया