समाज


मालपोत कार्यालय भक्तपुरका प्रमुख कुमार आचार्यविरुद्ध भ्रष्टाचार मुद्दा दायर

मालपोत कार्यालय भक्तपुरका प्रमुख कुमार आचार्यविरुद्ध भ्रष्टाचार मुद्दा दायर

नेपालखबर
साउन २८, २०८२ बुधबार १९:४, काठमाडौँ

भूमिसुधार तथा मालपोत कार्यालय भक्तपुरका प्रमुख मालपोत अधिकृत कुमार आचार्यसमेत २ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीहरूउपर २४ लाख ५० हजार रुपैयाँ बिगो कायम विशेष अदालतमा भ्रष्टाचार सम्बन्धी आरोपपत्र दायर गरेको हो।

भक्तपुरको चाँगुनारायण नगरपालिकामा रहेको १४ रोपनी ४ आना जग्गा मोही र लगत कट्टा गरी सो जग्गा मोहीको नाममा जग्गा धनी प्रमाण पूर्जा बनाउने प्रयोजनार्थ उनीहरूले घुस/रिसवत माग गरेको अख्तियारको दाबी छ।

विशेष सूचना एवं उजुरी निवेदनको आधारमा आयोगको टंगालबाट खटिई गएको टोलीले कार्यालय प्रमुख कुमार आचार्यको मोबाइल डिभाइस र कार्यालय सहयोगी टीकाराम राउतको साथबाट मोबाइल डिभाइस एवं घुस/रिसवत रकम रु. २४ लाख ५० हजार रुपैयाँसहित भूमिसुधार तथा मालपोत कार्यालय भक्तपुरको परिसरबाट नियन्त्रणमा लिएको थियो।

अनुसन्धानको सिलसिलामा आचार्य र राउतसमेतको मिलेमतो र योजनामा सेवाग्राहीसँग साविक चाँगुनारायण गाविस वडा नं. ५ख क्षेत्रफल १४-४-०-० जग्गाको मोही बाँडफाँड/नामसारीका लागि सहजीकरण गरी जग्गाधनी दर्ता प्रमाण पूर्जा बनाई दिने भनी घुस/रिसवत माग गरेको अख्तियारको दाबी छ। 

आचार्य र राउतको पूर्वयोजना बमोजिम उक्त रकम राउतले लिएको पुष्टि भएकोले निजहरुलाई भ्रष्टाचार निवारण ऐन,२०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुरमा बिगो २४ लाख ५० हजार रुपैयाँ कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को देहाय (घ) बमोजिम कैद र सोही ऐनको दफा ३ को उपदफा (१) अनुसार बिगो बमोजिम जरिवाना सजाय हुन मागदावी लिई आरोप-पत्र दायर गरिएको अख्तियारका प्रवक्ता राजेन्द्र कुमार पौडेलले जनाएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad