समाज


दमकमा सरकारी जग्गा घोटाला: प्रमुख नापी अधिकृतसहित १३ कर्मचारी भ्रष्टाचारी ठहर

दमकमा सरकारी जग्गा घोटाला: प्रमुख नापी अधिकृतसहित १३ कर्मचारी भ्रष्टाचारी ठहर

नेपालखबर
साउन २८, २०८२ बुधबार १७:३२, काठमाडौँ

झापाको दमकमा सरकारी सार्वजनिक जग्गा व्यक्तिका नाममा गरेको अभियोगमा विशेष अदालतले २ वटा मुद्दामा गरी १३ जना कर्मचारीलाई दोषी ठहर गरेको छ।

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले दायर गरेको भ्रष्टाचार मुद्दामा विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर तथा सदस्यद्वय मुरारीबाबु श्रेष्ठ र रितेन्द्र थापाको इजलासले बुधबार उनीहरूलाई भ्रष्टाचारी ठहर गरी सजाय समेत सुनाएको छ।

नापी कार्यालय झापाका तत्कालीन प्रमुख नापी अधिकृत शशिकान्त झा, सर्वेक्षक सीताराम यादव, सर्वेक्षक विन्देश्वर पञ्जियार, नापी अधिकृत रामदेव मण्डल धानुक, सर्वेक्षक विष्णुदेव यादव, अमिन ललितकुमार मण्डल, नायब सुब्बा रुद्रप्रसाद श्रेष्ठ, सर्वेक्षक रामकुमार दास र सर्वेक्षक गणेश कुमार धिमालको प्रत्यक्ष संलग्नता देखिएको भन्दै विशेष अदालतले भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको हो।

यस्तै अर्को मुद्दामा सीताराम यादव, विन्देश्वर पञ्जियार, जगदीशप्रसाद यादव, गणेशकुमार धिमाल, रुद्रप्रसाद श्रेष्ठ, रामदेव मण्डल धानुक, विनोद कुमार मण्डल, मीनबहादुर प्रधान र विष्णुकुमार न्यौपाने दोषी ठहर भएका छन्।

९ जना अभियुक्त दुवै मुद्दामा दोषी ठहर भएका छन् भने ४ जना एउटा मात्र मुद्दामा भ्रष्टाचारी ठहर भएका छन्।  

उनीहरूले पर्ती खाली रहेको सरकारी सार्वजनिक जग्गा स्वावसी प्रक्रियाबाट विभिन्न व्यक्तिहरूको नाउँमा दर्ता गरे गराएको देखिएको अदालतको ठहर छ।

उनीहरूलाई ३ महिनादेखि १ वर्ष कैद र ३१ लाख रूपैयाँसम्म जरिवाना तोकिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad