समाज


बाढी महाशाखाले काठमाडौँसहित ४६ जिल्लामा जारी गर्‍यो ‘अलर्ट’

बाढी महाशाखाले काठमाडौँसहित ४६ जिल्लामा जारी गर्‍यो ‘अलर्ट’

फाइल तस्बिर : रसुवा


नेपालखबर
साउन २७, २०८२ मंगलबार १०:१, काठमाडौँ

जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले आज (साउन २७, मंगलबार) को सम्भावित बाढीबारे जानकारी दिँदै सतर्कताका लागि चेतावनी (अलर्ट) जारी गरेको छ। 

बाढी महाशाखाका अनुसार आज बिहान मापन गर्दा कोसी नदीको सहायक नदीको बहाब सतर्कता तह आसपास छ भने नारायणी, बागमती, कर्णाली, महाकाली, कन्काई, कमला, पूर्वी राप्ती, पश्चिम राप्ती र बबई नदीको बहाव सतर्कता तहभन्दा तलै तर बढ्ने सम्भावना छ। 

आज जिल्लाका दृष्टिले राजधानी जिल्ला काठमाडौँसहित ४६ जिल्लामा आकस्मिक बाढीको जोखिम देखिएको बाढी महाशाखाले जनाएको छ। 

आज इलाम, झापा, पाँचथर, तेह्रथुम, धनकुटा, सुनसरी, मोरङ, दोलखा, सिन्धुपाल्चोक, मकवानपुर, चितवन, पर्सा, बारा, डोल्पा, कैलाली, कञ्चनपुर र आसपासका जिल्ला भई बहने ससाना नदीको बहाब उल्लेख्य बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिमको उच्च सम्भावना छ। 

यसैगरी आज ताप्लेजुङ, संखुवासभा, भोजपुर, खोटाङ, ओखलढुंगा, सोलुखुम्बु, सिरहा, सप्तरी, रौतहट, सर्लाही, उदयपुर, सिन्धुली, काभ्रेपलाञ्चोक, काठमाडौँ, ललितपुर, भक्तपुर, धादिङ, नुवाकोट, रसुवा, लमजुङ, पर्वत, बागलुङ, म्याग्दी, प्युठान, बर्दिया, रुपन्देही, नवलपरासी-पश्चिम, डडेलधुरा, डोटी, बैतडी र आसपासका जिल्ला भई बहने ससाना नदीको बहाब उल्लेख्य बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिमको मध्यम सम्भावना रहेको बाढी महाशाखाले उल्लेख गरेको छ।

उल्लिखित ४६ जिल्लालाई पहेँलो रङ अर्थात् एल्लो अलर्टमा राख्दै बाढी महाशाखाले बाढीको जोखिम देखिएका क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन सुझाव दिएको छ।  

हेर्नुहोस् सूचना:

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad