समाज


सनसिटीमा नियमविपरीत स्वास्थ्यकर्मीसमेत मिलेर गरे यस्तो नाचगान!(भिडियो)

सनसिटीमा नियमविपरीत स्वास्थ्यकर्मीसमेत मिलेर गरे यस्तो नाचगान!(भिडियो)

नेपालखबर
बैशाख ४, २०७७ बिहिबार १:२०,

‘लकडाउन’ र ‘सामाजिक दूरी’ नियमितविपरीत काठमाडौं काँडाघारीस्थित सनसिटी अपार्टमेन्टका बासिन्दाले नाचगान र भिडभाड गरेका छन्।

बेलायतबाट फर्केका त्यहाँका दुई जनामा कोरोना संक्रमण पुष्टि भएपछि स्वाथ्य मन्त्रालयले त्यहाँ र्‍यापिड डाइग्नोस्टिक टेस्ट (आरडिटी) गरिरहेको छ।

त्यस क्रममा बुधबार गरिएको परीक्षणमा ब्लक एका सबैको आरडीटी रिपोर्ट नेगेटिभ आएपछि खुसीयालीमा त्यहाँका बासिन्दाले एक ठाउँ भेला भएर नाचगान गरेका हुन्।

विज्ञका अनुसार कोरोना संक्रमण भएको छ भने पनि एक हप्तासम्म आरडीटी परीक्षणले भाइरस देखाउँदैन। त्यस्तो अवस्थामा पीसीआर गर्दा भाइरस देखिन पनि सक्छ।

तर आरडीटी परीक्षणमा त्यहाँका २९८ जनाको रिपोर्ट नेगेटिभ आएपछि खुसी मनाउँदै नाचगान र होहल्ला गरेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएको हो।

छोटो समयको भिडियोमा सनसिटीका बासिन्दासहित स्वास्थ्यकर्मीसमेत एकै ठाउँ भेला भएर कसैले ताली बजाएको, कसैले सुसेलेको त कोही आफैं गीत गाउँदै नाचेको देख्न सकिन्छ।

हेराैँ सामाजिक सञ्जालमा सार्वजनिक छाेटाे भिडियाे-

 

 

कोरोना भाइरसको संक्रमणबाट बच्न कम्तीमा व्यक्तिबीच १ मिटरको दूरी कायम गर्न तथा घरबाट बाहिर ननिस्कन तथा भिडभाड नगर्न आग्रह गर्दै सरकारले वैशाख १५ गतेसम्मका लागि लकडाउन गरेको छ। तर उक्त नियमविपरीत सनसिटीमा नाचगान र भिडभाड गरेको पाइएको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .