ad ad

छापा खबर


काठमाडौँका तारे होटललाई क्वारेन्टाइन बनाउने तयारी

काठमाडौँका तारे होटललाई क्वारेन्टाइन बनाउने तयारी

नेपालखबर
बैशाख ४, २०७७ बिहिबार १:२२,

सरकारले कोरोना भाइरस (कोभिड–१९) को संक्रमण वृद्धि हुँदै गएमा काठमाडौं उपत्यकाका तारे होटललाई क्वारेन्टाइन बनाउने तयारी गरेको छ।

काठमाडौं उपत्यकामा निर्माण भएका क्वारेन्टाइनको अवस्थाबारे स्थलगत अनुगमनपछि सरकारले तारे होटललाई क्वारेन्टाइनका रूपमा प्रयोग गर्न सकिने निष्कर्ष निकालेको खबर आजको राजधानी दैनिकमा टेनिस रोकाले लेखेका छन्।

मन्त्रिपरिषद्को गत १६ चैत्रको बैठकले सहरी विकास राज्यमन्त्री रामवीर मानन्धर र स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री नवराज रावतलाई क्वारेन्टाइनको अनुगमन र सहजीकरणको जिम्मेवारी दिएको थियो।

मन्त्री मानन्धरले उपत्यकाका क्वारेन्टाइनको स्थलगत अनुगमनपछि तारे होटललाई क्वारेन्टाइनका रूपमा प्रयोग गर्नुपर्ने सुझाव पेस गर्न लागेका छन्।

मानन्धरले कोरोना संक्रमित वृद्धि भएको खण्डमा संक्रमणको आशंका गरिएका व्यक्तिको पनि वृद्धि हुने भन्दै उपत्यकामा ५–६ सय अट्ने क्वारेन्टाइन तयारी अवस्थामा राख्न आवश्यक भएको बताएका छन्। मन्त्री मानन्धरका अनुसार हाल उपत्यकाका तीन जिल्लामा ५ सय १८ वटा क्वारेन्टाइन तयारी अवस्थामा छन्।

उनका अनुसार पूर्वतयारीस्वरूप ठूलो संख्यामा क्वारेन्टाइन बनाउनुपर्ने र त्यसका लागि पाँच तारे होटल उपयुक्त हुने बताए।

‘मैले प्रधानमन्त्रीज्यूलाई बुझाउने प्रतिवेदनमा पाँचतारे होटलहरूलाई क्वारेन्टाइनका रूपमा निर्णय गरेर प्रयोग गर्नुपर्ने सुझाव समेटेको छु,’ उनले भने, ‘एट्याच रुम, ट्वाइलेट बाथरुम, बेडसहित सुविधा सम्पन्न हुने र अहिले पनि ती सबै सामग्री तयारी अवस्था हुने भएकाले क्वारेन्टाइन बनाउन सकिन्छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .