समाज


पशुपतिमा जलाउन लागेको शवबाट हड्डी निकालेको आरोपमा २ जना पक्राउ

पशुपतिमा जलाउन लागेको शवबाट हड्डी निकालेको आरोपमा २ जना पक्राउ

नेपालखबर
साउन २५, २०८२ आइतबार १४:५, काठमाडौँ

पशुपति आर्यघाटमा जलाउन लागेको शवबाट हड्डी निकालेको आरोपमा दुई जना पक्राउ परेका छन्।

मृतकका आफन्तले जाहेरी दिएपछि प्रहरी वृत्त गौशालाले आरोपितहरूलाई पक्राउ गरेर सोधपुछ थालेको छ।

पक्राउ परेका व्यक्तिहरू पशुपति आर्यघाटमा शव जलाउने काम गर्छन्।

एक मृतकका आफन्तको जाहेरी परेपछि शुक्रबार नै उनीहरूलाई पक्राउ गरिएको काठमाडौँ जिल्ला प्रहरी परिसरका प्रवक्ता एसपी कुलदीप चन्दले नेपालखबरलाई जानकारी दिए। 

जाहेरवालाले पक्राउ परेका व्यक्तिहरूले शवबाट हड्डी निकालेको आरोप लगाएका छन्।

‘उनीहरूले त्यसरी हड्डी निकालेका हुन् कि होइनन्? हो भने कहाँ, कसलाई बेच्ने गरेका छन्? यी सबै विषयमा अनुसन्धान भइरहेको छ। अहिले यही हो भन्ने अवस्था छैन’, एसपी चन्दले भने।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad