समाज


आज रातभर मौसम बदली र वर्षा जारी रहने सम्भावना

आज रातभर मौसम बदली र वर्षा जारी रहने सम्भावना

नेपालखबर
साउन २४, २०८२ शनिबार २०:३, काठमाडौँ

मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल (शनिबार बेलुका) बागमती प्रदेश र गण्डकी प्रदेशलगायत देशको पहाड भेगमा साधारणतया बदली (बाक्लो बादल) रही बाँकी स्थानमा आंशिक बदली (पातलो बादल) छ। बागमती प्रदेशका केही र कोसी प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका थोरै स्थान तथा मधेस प्रदेशलगायत सुदूरपश्चिम प्रदेशका पहाड भूभागका एक-दुई स्थानमा मध्यम वर्षा भइरहेको छ।

आज रातभर देशभरि मौसम बदली र विभिन्न स्थानमा पानी पर्ने क्रम जारी रहने सम्भावना छ। 

मौसम महाशाखाका अनुसार आज राति कोसी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाड र तराई भूभाग साथै लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका पहाड भूभागका केही स्थान तथा मधेस प्रदेशलगायत बाँकी प्रदेशका पहाड र तराई भूभागका थोरै स्थानरूमा मध्यम वर्षा हुने सम्भावना छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad