भारतको उत्तराखण्डमा गएको भीषण बाढीमा परेका नेपालीहरूमध्ये १३ जनाको सकुशल उद्धार गरिएको छ।
भारतस्थित नेपाली दूतावासका अनुसार हराइरहेकाहरूको सूची उत्तराखण्ड स्थानीय प्रशासनलाई उपलब्ध गराइएकोमा १३ जना जीवितै रहेको पाइएको हो।
उनीहरूको शुक्रबार र शनिबार उद्धार गरिएको दूतावासले जनाएको छ।
सकुशल उद्धार गरिएकाहरूमा एकै परिवारका तीन जनासम्म छन्। उद्धार गरिएका कालीकोटका प्रशंसा शाह, कोमल शाह र रमन शाह श्रीमान्, श्रीमती र छोरा हुन्।
951
Shares

प्रतिक्रिया