समाज


काठमाडौँसहित ३३ जिल्लामा आकस्मिक बाढीको जोखिम

काठमाडौँसहित ३३ जिल्लामा आकस्मिक बाढीको जोखिम

फाइल तस्बिर


नेपालखबर
साउन २४, २०८२ शनिबार ८:४९, काठमाडौँ

जल तथा मौसम विज्ञान विभागअन्तर्गत बाढी पूर्वानुमान महाशाखाले आज (साउन २४, शनिबार) देशका कुन-कुन जिल्लामा बाढी आएर जोखिम निम्त्याउने सम्भावना छ भन्ने विषयमा जानकारी गराएको छ। 

महाशाखाका अनुसार आज बिहान बाढी मापन गर्दा कोसी, नारायणी, बागमती, कर्णाली, महाकाली, कन्काई, कमला, पूर्वी राप्ती, पश्चिम राप्ती र बबई नदीको बहाब सतर्कता तहभन्दा तलै तर बढ्ने सम्भावना छ।

यसबाहेक झापा, इलाम, दोलखा, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, रामेछाप र आसपासका जिल्ला भई बहने ससाना नदीको बहाब उल्लेख्य बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिमको उच्च सम्भावना रहको बाढी महाशाखाले जनाएको छ।

साथै आज ताप्लेजुङ, तेह्रथुम, धनकुटा, पाँचथर, संखुवासभा, भोजपुर, ओखलढुंगा, सोलुखुम्बु, रामेछाप, उदयपुर, काठमाडौँ, ललितपुर, भक्तपुर, धादिङ, नुवाकोट, रसुवा, सिन्धुली, रोल्पा, सुर्खेत, दैलेख, अछाम, बैतडी, बझाङ, डडेल्धुरा, डोटी, कैलाली, कञ्चनपुर र आसपासका जिल्ला भई बहने ससाना नदीको बहाब उल्लेख्य बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिमको मध्यम सम्भावना रहेको बाढी महाशाखाले उल्लेख गरेको छ। 

हेर्नुहोस्, सम्भावित बाढीबारे विस्तृत जानकारी:

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad