ad ad

समाज


महाकाली अस्पताल : ‘खरिद सम्झौताविना पुरानो भेन्टिलेटर ल्याइयो’

महाकाली अस्पताल : ‘खरिद सम्झौताविना पुरानो भेन्टिलेटर ल्याइयो’

गोकुल जोशी
बैशाख ३, २०७७ बुधबार १४:२४,

महाकाली अस्पताल व्यवस्थापन समितिले भेन्टिलेटर सहितका उपकरण खरिद सम्झौताविना अस्पताल ल्याइएको खुलासा गरेको छ।

अस्पताल व्यवस्थापन समितिले बुधबार एक प्रेस विज्ञप्ति जारी गर्दै अस्पताल प्रशासनले भेन्टिलेटर, बल्ड ग्यास एनालाइजर, डिफिब्रिलेटर तथा मोनिटर खरिदमा ध्यानाकर्षण भएको जनाउँदै अस्पताल प्रशासनले व्यवस्थापन समितिसँग दूरी कायम राख्न खोजेको दाबी गरिएको छ।

‘टेण्डर स्वीकृतिको प्रकृया महाकाली अस्पताल खरिद ईकाई तथा मूल्यांकन समितिको हुने भएकाले टेण्डर स्वीकृति सम्बन्धी जानकारी व्यवस्थापन समितिलाई नभएको र खरिद सम्झौताविना अस्पतालमा भेन्टिलेटर लगायत उपकरण र सामाग्री खरिद गरिएको कार्यले अस्पताल प्रशासनले व्यवस्थापनसँग दुरी कायम राख्न खोजेको आभाष भएको छ।’ व्यवस्थापन समिति अध्यक्ष कृष्णदत्त जोशी (बोक्सर), सदस्यहरु कृष्णानन्द भट्ट, कौशल्या ओझा, हरीराम चौधरीद्वारा हस्ताक्षरित विज्ञप्तीमा भनिएको छ।

टेन्डर प्रक्रियाबाट चैत्र २९ गते महाकाली अस्पताललाई प्राप्त भेन्टिलेटर २०१५ सालको पुरानो मोडलको रहेको थियो। भेन्टिलेटर आपुर्तिकर्ता कम्पनी आरजे सप्लायर्सले पुरानो प्रयोग भएको भेन्टिलेटर महाकाली अस्पताललाई भिराएको हो। महाकाली अस्पतालले चैत्र १६ गते सूचना जारी गर्दै भेन्टिलेटरसहित पाँच उपकरण आपुर्तिका प्रस्ताव पेश गर्न आह्वान गरेको थियो।

चैत्र २७ गते आरजे सप्लायर्सले ५३ लाख रुपैयाँमा एक थान भेन्टिलेटर, मनिटर लगायतका उपकरण आपुर्तिका लागि ठेक्का पाएको अस्पतालका स्टोरकिपर तिलक जोशीले बताए।

सोही कम्पनीले चैत्र अन्तिम साता अस्पतालमा भेन्टिलेटर पु-याएको थियो। भेन्टिलेटर अस्पतालमा जडान गर्ने क्रममा पुरानो तथा प्रयोग गरिएको भेटिएको अस्पतालमा कार्यरत एनेसथेसिष्ट डा. बिरेन्द्र बुडालले बताए।

नयाँका लागि टेन्डर खुलाइएको महाकाली अस्पतालमा पुरानो भेन्टिलेटर !

‘जडानका लागि खोल्ने बेला भेन्टिलेटर पुरानो देखियो, त्यस पछि हामीले त्यसै राखेका छौँ’ डा. बुडालले भने, ‘भेन्टिलेटर २०१५ सालमा बनेको र यस अघि प्रयोग भइसकेको छ, त्यसमा युजर मेनिअल र वारेन्टि कार्ड पनि छैन।’

फिलिप्स कम्पनीको उक्त भेन्टिलेटरमा स्टिगर कोट्याएको तथा भेन्टिलेटरभरी दाग नै दाग रहेका छन्। कोरोना भाइरस (कोभिड–१९) को महामारीको चपेटामा मावन स्वास्थ्यमा खेलवाड गरेको अस्पताल व्यवस्थापन समितिले जनाएको छ। यस विषयमा अस्पताल व्यवस्थापन समितिले छानबिन गर्ने भएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .