समाज


राशिफल २३ साउन : कर्कटको प्रेम सम्बन्ध सुरु, मिथुन र कुम्भलाई यस्तो मन्त्र, तपाईँको भाग्य कस्तो?

राशिफल २३ साउन : कर्कटको प्रेम सम्बन्ध सुरु, मिथुन र कुम्भलाई यस्तो मन्त्र, तपाईँको भाग्य कस्तो?

ज्यो. मेनुका दाहाल
साउन २३, २०८२ शुक्रबार ४:३६, काठमाडौँ

आज शुक्रबार, २३ साउन २०८२ (८ अगस्ट २०२५)। हेर्नुस् आजको राशिफल-

मेष: रोकिएको काम आजको प्रयत्नमा फत्ते हुनेछ। नयाँ कार्यको योजना बन्ने र नयाँ ज्ञान सिक्ने मौका पनि छ। प्रेममा भावनात्मक निकटता बढ्नेछ। प्यासीलाई पानी दिने। उत्तर दिशा नजाने।

भाग्यशाली रङ निलो र अङ्क १ रहेको छ। प्रेम र सम्बन्धमा ५८, व्यापारमा ८०, वैदेशिक कार्यमा ७१ र शिक्षामा ६० प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ५२, यात्राको योग ५७ र सम्पूर्ण भाग्याङ्क ७१ प्रतिशत रहेको छ।

वृष: पारिवारिक मेलमिलाप हुनेछ। अन्योलका बीच उन्नतिको मार्ग प्रशस्त हुनेछ। छोटो दूरीको लाभदायक यात्रा होला। आफ्नै दक्षतामा विभिन्न कार्य सम्पन्न हुनेछन्। परीक्षा वा प्रस्तुतिमा नेतृत्व देखिने सम्भावना छ। वृद्ध तथा रोगीलाई सहयोग गर्ने। सेतो रङको प्रयोग नगर्ने।

भाग्यशाली रङ आकासे र अङ्क ७ रहेको छ। प्रेम र सम्बन्धमा ६९, व्यापारमा ६६, वैदेशिक कार्यमा ७६ र शिक्षामा ४० प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ५१, यात्राको योग ५८ र सम्पूर्ण भाग्याङ्क ६० प्रतिशत रहेको छ।

मिथुन: कार्य सम्पादनमा समस्या आउला। स्वास्थ्यप्रति सजगता अपनाउन जरूरी छ। अभिभावकले ससाना त्रुटि औँल्याउँदा मन खिन्न हुनेछ। यात्रामा सावधानी अपनाउनु पर्नेछ। कुरा सुन्नु अनि मात्र बोल्नु। अरूलाई नहोच्याउने।

भाग्यशाली रङ रातो र अङ्क ३ रहेको छ। प्रेम र सम्बन्धमा ३८, व्यापारमा ४०, वैदेशिक कार्यमा ४२ र शिक्षामा ४८ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ५५, यात्राको योग ३६ र सम्पूर्ण भाग्याङ्क ४१ प्रतिशत रहेको छ।

कर्कट: मनोरञ्जनका साथै धार्मिक कार्यमा रुचि बढ्नेछ। आस मारिसकेको काम बन्नेछ। बहुप्रतीक्षित काममा सफलता हात पर्नेछ। प्रेम सम्बन्ध सुरुआत हुने सम्भावना छ। यात्रा गर्दा सावधानी अपनाउनु होला। वृक्षरोपण गर्ने। भरिसक्के लामो यात्रा नगर्ने।

भाग्यशाली रङ खैरो र अङ्क २ रहेको छ। प्रेम र सम्बन्धमा ७९, व्यापारमा ५४, वैदेशिक कार्यमा ४९ र शिक्षामा ७९ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ६२, यात्राको योग ५८ र सम्पूर्ण भाग्याङ्क ७६ प्रतिशत रहेको छ।

सिंह: परीक्षामा उत्तीर्ण भइनेछ। विदेशबाट लाभ मिल्ने सम्भावना छ। जीवनसाथी वा साथीहरूसँग कतै घुम्न जाने योजना बन्न सक्छ। काममा सानातिना बिघ्नबाधा आइपरे पनि निराश नहुनु होला। भोकालाई भोजन दिने। खैरो रङको प्रयोग नगर्ने।

भाग्यशाली रङ सेतो र अङ्क ४ रहेको छ। प्रेम र सम्बन्धमा ६३, व्यापारमा ७४, वैदेशिक कार्यमा ६३ र शिक्षामा ६२ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७४, यात्राको योग ७७ र सम्पूर्ण भाग्याङ्क ७८ प्रतिशत रहेको छ।

कन्या: मनमा हर्ष, उमङ्ग र उत्साह छाउनेछ। नेतृत्वदायी गुण देखिन्छ। टिम व्यवस्थापनमा सक्रिय भइएला। धार्मिक कार्यमा रुचि बढ्नेछ। प्रेम र दाम्पत्य जीवनमा मधुरता छाउनेछ। राजनीतिक कार्यमा सफलता मिल्ला। विद्यार्थीलाई सहयोग गर्ने। छलकपट नगर्ने।

भाग्यशाली रङ पर्पल र अङ्क ६ रहेको छ। प्रेम र सम्बन्धमा ८१, व्यापारमा ५९, वैदेशिक कार्यमा ५६ र शिक्षामा ६९ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७७, यात्राको योग ५७ र सम्पूर्ण भाग्याङ्क ६८ प्रतिशत रहेको छ।

तुला: विश्वासपात्रलाई वचन दिँदा संयम हुनु होला। मनमा चञ्चलता बढ्नेछ। साँझमा पुरानो र बिर्सिसकेको साथीसँग भेट हुने सम्भावना छ। स्थिर र धैर्यताले काम सम्पादनमा सहजता मिल्नेछ। पितृ देवताको आशीर्वाद लिने। कालो रङको प्रयोग नगर्ने।

भाग्यशाली रङ हरियो र अङ्क १ रहेको छ। प्रेम र सम्बन्धमा ४४, व्यापारमा ६५, वैदेशिक कार्यमा ४१ र शिक्षामा ३९ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ६१, यात्राको योग ४९ र सम्पूर्ण भाग्याङ्क ४७ प्रतिशत रहेको छ।

वृश्चिक: रमणीय, सुखद र धार्मिक यात्राको योग छ। इगो छोडेर संवाद अघि बढाउँदा प्रेम सम्बन्धमा मिठास आउनेछ। मनोरञ्जक क्रियाकलापमा सहभागी हुन पाइएला। शुभ समाचार सुन्नमा आउनेछ। घरबाट निस्कँदा दही खाने। सजिलै अरूको विश्वास नगर्ने।

भाग्यशाली रङ सेतो र अङ्क ७ रहेको छ। प्रेम र सम्बन्धमा ६३, व्यापारमा ४९, वैदेशिक कार्यमा ७७ र शिक्षामा ६१ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७६, यात्राको योग ५५ र सम्पूर्ण भाग्याङ्क ६० प्रतिशत रहेको छ।

धनु: धर्मकर्म तथा समाजसेवामा मन लाग्नेछ। अध्ययन-अध्यापनको क्षेत्रमा प्रगतिको खबर सुन्न पाउनु हुनेछ। धैर्य एवं लगनशीलताले विभिन्न अवसर दिलाउनेछ। सामाजिक सेवाको सोच बढ्नेछ- नेतृत्वदायी भूमिकामा देखिन सक्नुहुन्छ। घरबाट निस्कँदा गुड खाने। भरिसक्के लामो यात्रा नगर्ने।

भाग्यशाली रङ पहेँलो र अङ्क २ रहेको छ। प्रेम र सम्बन्धमा ५९, व्यापारमा ६०, वैदेशिक कार्यमा ५२ र शिक्षामा ६४ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७९, यात्राको योग ५४ र सम्पूर्ण भाग्याङ्क ६२ प्रतिशत रहेको छ।

मकर: शिक्षामा गुरु/सिनियरको सल्लाहले टर्निङ पोइन्ट ल्याउनेछ। मन अध्यात्म र दर्शनतर्फ आकर्षित बन्ला। प्रविधि र सञ्चारको माध्यमबाट दैनिकी सहज हुनेछ। घरपरिवारमा धार्मिक कृत्यको योग छ। सांस्कृतिक क्षेत्रमा रुचि बढ्नेछ। रोगीलाई सहयोग गर्ने। तामसिक भोजन नगर्ने।

भाग्यशाली रङ गुलाबी र अङ्क ९ रहेको छ। प्रेम र सम्बन्धमा ७२, व्यापारमा ७१, वैदेशिक कार्यमा ७४ र शिक्षामा ६१ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७३, यात्राको योग ५१ र सम्पूर्ण भाग्याङ्क ६९ प्रतिशत रहेको छ।

कुम्भ: डरका कारण बनिसकेको काममा दुबिधा उत्पन्न हुन सक्छ। झन्झटिलो काममा संलग्न हुनुपर्ला। आर्थिक कारोबारमा मन्दी आउनेछ। हनुमानजीको दर्शन गर्ने। छलकपट नगर्ने।

भाग्यशाली रङ खैरो र अङ्क ९ रहेको छ। प्रेम र सम्बन्धमा ३८, व्यापारमा ४४, वैदेशिक कार्यमा ५२ र शिक्षामा ४५ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ३७, यात्राको योग ३६ र सम्पूर्ण भाग्याङ्क ४८ प्रतिशत रहेको छ।

मीन: साथीभाइसँगको भेटघाटले मन प्रफुल्ल रहला। अरूलाई प्रभावित पारेर काम बनाउन सकिनेछ। परोपकार आदि भूमिका निर्वाह गर्न पाइनेछ। व्यापारमा रचनात्मक प्रयोगले ग्राहकलाई आकर्षित गर्न सकिनेछ। भगवान्‌ शंकरजीको दर्शन गर्ने। सजिलै अरूको विश्वास नगर्ने।

भाग्यशाली रङ रातो र अङ्क ५ रहेको छ। प्रेम र सम्बन्धमा ५४, व्यापारमा ७२, वैदेशिक कार्यमा ५८ र शिक्षामा ६० प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७३, यात्राको योग ५५ र सम्पूर्ण भाग्याङ्क ६४ प्रतिशत रहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad