समाज


बढुवा सिफारिसविरुद्धको उजुरी खारेज, ११ एसएसपीसहित ३५ प्रहरीलाई दर्ज्यानी चिह्न प्रदान

बढुवा सिफारिसविरुद्धको उजुरी खारेज, ११ एसएसपीसहित ३५ प्रहरीलाई दर्ज्यानी चिह्न प्रदान

नेपालखबर
साउन २१, २०८२ बुधबार १८:१६, काठमाडौँ

नेपाल प्रहरीका ११ प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सहित ३५ जनालाई बढुवा गरिएको छ। एसएसपीहरू गृहमन्त्री रमेश लेखकको निर्णयमा र एसपी तथा डीएसपीहरू गृहसचिवको निर्णयअनुसार बुधबार बढुवा भएका हुन्।

उनीहरूलाई बुधबार नै प्रहरी महानिरीक्षक दिपक थापाले दज्र्यानी चिन्ह प्रदान गरेका छन्। प्रहरी नायव उपरीक्षकबाट प्रहरी उपरीक्षक पदमा ११ जना र प्रहरी निरीक्षकबाट प्रहरी नायव उपरीक्षक पदमा १३ जना बढुवा भएका हुन्।

एसएसपीमा बढुवा हुनेमा तुलबहादुर कार्की, राकेश सिंह, राजिवबहादुर बस्नेत, कमल थापा, प्रविण धिताल, प्रकाश रानाभाट, ज्ञानेन्द्रप्रसाद फुयाल, दीपक पोखरेल, दयानिधि ज्ञवाली, दिपेन्द्र शाही र केदार खनाल रहेका छन्। 

आफूलाई छुटाएर बढुवा सिफारिस गरेपछि एसपी बिमल बस्नेतले बढुवा उपरको उजुरी सुन्ने समितिमा उजुरी गरेका थिए। तर लोकसेवा आयोगका अध्यक्षको नेतृत्वमा रहेको उक्त समितिले बस्नेतको उजुरी खारेज गरिदिएको हो। 

बस्नेतलाई ५ वर्षे बढुवा रोक्काको कारबाही गरिएको र उक्त अवधि अझै पूरा भइनसकेकाले बढुवा सिफारिस नगरिएको जवाफ उजुरी सुनुवाइ समितिमा प्रहरी प्रधान कार्यालयले पठाएको थियो। बस्नेतको बढुवा रोक्काको अवधि अझै केही महिना बाँकी छ। यद्यपि सोही कसुरमा सर्वोच्च अदालतबाट भने उनले सफाइ पाइसकेका छन्।

यसैगरी प्रहरी उपरीक्षमा अनिलकुमार खड्का, महेश थापा, दिपेन्द्र पंजियार थारू, महेन्द्र नेपाल, रूपक खड्का, प्रेमसागर केसी, डिल बहादुर मल्ल, केशव भट्टराई, भुवनेश्वर प्रसाद साह, सुनिल मल्ल र दिपक खड्का बढुवा भएका छन्। 

प्रहरी नायव उपरीक्षकमा बसन्त गौतम, पञ्चलाल गोले, होम प्रकाश चौधरी, अनिल पण्डित, प्रकाश थापा, दिलिप क्षेत्री, शेखरजंग मल्ल, पोषणराज थपलिया, राजु कार्की, निशेष चापागाईँ, चन्द्रबहादुर खड्का, होमप्रसाद अधिकारी र उपेन्द्र खरेल बढुवा भएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad